धनकुटा : नेकपा केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले शक्तिशाली बनिसकेका प्रधानमन्त्रीविरुद्ध लडेर नेपाली जनता र आफूले जित्ने आत्मविश्वास रहेको बताएकी छन्।शनिबार धनकुटामा नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रचण्ड नेपाल समूहले आयोजना गरेको विरोध सभामा झाँक्रीले कागजका तानाशाह बाँकी नरहने भन्दै सबै कुरा हातमा लिएको तानाशाहले आफू ६ घण्टा पनि थुन्न नसकेको बताइन।नेताहरूले कडा प्रतिक्रिया दिन थालेपछि, नागरिक समाज बोलेपछि, मिडियाले मुद्दा बोकेपछि र जनता सडकमा निस्किन थालेपछि तानाशाहको सातो उड