काठमाण्डाै – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पुस २७ गते मङ्गलवार पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदा दिन प्रधानमन्त्रीसँग माग गरेको छ ।
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरूले प्रधानमन्त्री शेरबहादुर देउवालाई आज आइतवार भेटेर पृथ्वी जयन्तीलाई राष्ट्रिय पर्वको रूपमा मनाउन र पुस २७ गते सार्वजनिक बिदा दिन माग गरेको हो ।
यस्तै नेपाली मुद्रामा पृथ्वीनारायण शाहको तस्बिर राख्न पनि राप्रपाले माग गरेको छ । राष्ट्र एकीकरण गर्ने व्यक्तिलाई कुनै पनि वाद, विवाद र सिद्धान्तभन्दा माथि राखेर सम्मान गर्नुपर्ने राप्...