नेपाली कलाकार बेलाबेलामा बोलीका कारण विवादमा पर्ने गर्दछन् । कुन विषयमा के र कस्तो बोल्नुपर्छ भन्ने कुरो उनीहरु विचार समेत गर्दैनन् । संवेदनशील र गम्भिर विषयमा बिना विचार हल्का टिप्पणी गर्ने उनीहरुको बानीले कला क्षेत्र नै बदनाम छ ।केही समय अगाडि अभिनेता पल शाहको बचाउमा अभिनेत्री पूजा शर्माले बलात्कारको विषयमा बोल्न नजान्दा विवादमा फसेकी थिइन् । उनको चर्को आलोचना मात्र भएन सामाजिक संजालदेखि ट्रोलसम्मको निसानामा परिन् । पछि बोली सच्याएपछि विवाद बिस्तारै सेलाएको थियो । त्यो कुराले गर्दा अझै पनि उनी