रोल्पा - २०५८ सालमा तत्कालीन विद्रोही पक्ष माओवादीले आफ्ना श्रीमान् तिलकराम नेपालीलाई २४ वर्षको उमेरमा १८ दिन अपहरण गरी लिबाङ बजार नजिकै हत्या गरेपछि मीना नेपालीले कलिलै उमेरमा एकल जीवन बिताउनुपर्यो ।
लिबाङ नजिकै हरिगातिनामा कार्यरत शिक्षक रहेका श्रीमानको चैतमा हत्या हुँदा मीनाको गर्भमा रहेकी छोरी ममता अहिले स्नातक तहको अध्ययन गर्दैछिन् । छोराले विज्ञान सङ्कायबाट स्नातक तह उत्तीर्ण गरिसकेका छन् । आर्थिक अभावका कारण छोरीको स्टाफ नर्स पढ्ने सपना पूरा गर्न नसकेको मीनाको गुनासो छ । ‘छोरीको नर्सिङ प...