टिकटक र युट्यूब आकर्षणले फेसबुक प्रयोगकर्ता घटे !

एजेन्सी – सामाजिक संजाल फेसबुकको प्रयोगकर्ता घटेका छन्। शुक्रबार १८ वर्षको वार्षिकोत्सव मनाएको फेसबुकको प्रयोगकर्ता पहिलो पटक घटेको हो। कम्पनीका अनुसार सन् २००४ को फेब्रुअरी ४ मा स्थापना भएको फेसबुकको प्रयोगकर्ता पहिलो पटक घटेका हुन्। फेसबुकको मूल कम्पनी मेटा नेकवर्क (पहिले फेसबुक भनेर चिनिने) का अनुसार सन् २०२१ को अन्तिम त्रैमासिकमा फेसबुकको दैनिक सक्रिय प्रयोगकर्ता […]

सम्बन्धित सामग्री

१८ वर्षे इतिहासमा पहिलो पटक फेसबुकका दैनिक सक्रिय प्रयोगकर्ता घटे

सामाजिक सञ्जाल फेसबुकको १८ वर्षे इतिहासमा पहिलो पटक दैनिक सक्रिय प्रयोगकर्ताको सङ्ख्या घटेको छ ।  फेसबुकको मातृ कम्पनी मेटाका अनुसार दैनिक सक्रिय प्रयोगकर्ताको सङ्ख्या सन् २०२१ को अन्तिम तीन महिनामा एक अर्ब ९२ करोड ९० लाख रहेको थियो । त्यसअघिको त्रैमासिकमा त्यस्ता प्रयोगकर्ताको सङ्ख्या एक अर्ब ९३ करोड थियो ।  फेसबुक अस्तित्वमा आएयता हरेक त्रैमासिकमा विश्वव्यापी आँकडा सधैँ उक्लिएको थियो । तर पछिल्लो केही वर्षमा युरोप र अमेरिकामा वृद्धि रोकिन पुगेको छ । मेटाले टिकटक र युट्युबजस्ता प्रतिद्वन्द्वीले विज्ञापन लैजा...