पाँच वर्षमा भूकम्पले लडाएका डेढ लाख घर बने

काठमाडौं : गोरखाको बारपाकलाईलाई केन्द्र बनाई शक्तिशाली भूकम्प गएको आज पाँच वर्ष पूरा भएको छ। पाँच वर्षमा पुनर्निर्माणको काम करिब ८० प्रतिशत सकिएको पुनर्निर्माण प्राधिकरणले जनाएको छ।  प्रधिकरणका प्रवक्ता मनोहरि घिमिरेका अनुसार तथ्यांकमा अनुदान सम्झौता गरेका एक लाख ४९ हजार तीन सय ७२ घर पूर्णरूपमा बनिसकेका छन्...

सम्बन्धित सामग्री

असई हुँ भन्दै डेढ लाख ठगेको आरोपमा एक युवती पक्राउ

काठमाडौं । नेपाल प्रहरीको सहायक निरीक्षक (असई ) हुँ भनि ठगी गरेको आरोपमा बैतडी पुर्चौडी नगरपालिका ६ घर भई काठमाडौं चन्द्रागिरि–१४ नैकापस्थित डेरामा बस्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा २४ वर्षीया अमिला कुमारी साउँद रहेकी छन्। उनले राष्ट्रिय अनुसन्धान विभागमा जागिर लगाइदिने भन्दै ठगी गरेकी हुन्। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार उनले […]

मलेसिया पठाइदिन्छु भन्दै डेढ लाख ठगी गर्ने पक्राउ

काठमाडौं : मलेसियाको प्रतिष्ठित कम्पनीमा आकर्षक तलबमा पठाइदिन्छु भन्दै डेढ लाख रकम ठगी गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बारा जिल्लाको बारागढी गाउँपालिका-०१ घर भई काठमाडौं जडीबुटी बस्ने २९ वर्षीय दिलिप शाह छन्।उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरी टोलीले बिहीबार साँझ  सिनामंगलबाट पक्राउ गरेको हो।पक्राउ परेका दिलीप संजय शाह समेतलाई वैदेशिक रोजगारीको लागि मलेसिया पठाइदिन्छु मासिक ६० हजार तलब हुन्छ भनी डेढलाख रकम लिई सम्पर्कविहीन भएका थिए।

कतारबाट फर्किएर कृषिमा जमेका शिव, कमाउँछन् मासिक डेढ लाख

पौडेल कतारमा चार वर्ष बसे । तर, आम्दानी भने सोचेजस्तो हुन सकेन । कतारको मरुभूमिमा पनि हरियाली देखेका पौडेल नेपालमा केही गर्न सकिन्छ भन्ने हुटहुटी लिएर घर फर्किएर कृषि पेसामा लागेका हुन् ।

संखुवासभामा आगलागी एउटा घरमा क्षति

संखुवासभा : संखुवासभाको खाँदबारी नगरपालिका–९ स्थित ढुंगेधारामा आगलागीबाट एउटा घर जलेको छ। विद्युत गडबडीका कारण मंलगबार आगलागी हुँदा स्थानीय मोहनकुमार दलार्मी मगरको घर जलेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी प्रमुख डिएसपी लालध्वज सुवेदीले जानकारी दिए।डिएसपी सुवेदीका अनुसार दिउँसो १२ बजे विद्युत् सर्ट भएर आगलागी भएर मगरको घरमा क्षति पुगेको छ। आगो खाँदबारी नगरपालिकाको दमकल, नेपाल प्रहरी र स्थानीयले निभाएका थिए।आगलागीबाट डेढ लाख रूपैयाँभन्दा बढीको क्षति भएको प्

मिर्गौला पीडितलाई डेढ लाख सहयोग

तनहुँ– तनहुँको व्यास नगरपालिका ५ चुँदेर निवासी मिर्गौलाबाट पीडित एक व्यक्तिलाई करिब डेढ लाख आर्थिक सहयोग गरिएको छ । दुवै मिर्गौलामा समस्या भएका ४४ वर्षीय थमनबहादुर थापाको उपचारका लागि सोमबार एक लाख ४६ हजार ६३५ रुपैयाँ सहयोग गरिएको हो । चुँदेर घर भई हाल बुटवलमा बस्दै आउनुभएका उनका काका देवबहादुर थापाले सङ्कलन गरी ल्याएको रकम […]

१५ सय लिएर घुम्न जाने यात्रुसंग ३५ सय डलरको सुन !

गरगहना लगाउने नेपाली संस्कारलाई ध्यान दिएर विदेशबाट घर फर्कदा निश्चित मात्रामा सुन ल्याउन दिएको छुटको ब्यापक दुरुपयोग भएको भेटियो । यतिसम्म कि विदेश घुम्न जाँदा डेढ लाख रुपैयाँ लिएर गएकाहरु चार लाख रुपैयाँको सुन लिएर फर्किरहेका छन् ।

डेढ लाख भन्दाबढी रकमसहित जुवाको खालबाट दुईजना पक्राउ

जनकपुरधाम – धनुषामा जुवाखालबाट डेढ लाख रुपैयाँ भन्दा बढी रकमसहित दुईजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सर्लाहीको चन्द्र नगरपालिका वडा नम्बर ६ का ६० वर्षीय लक्ष्मी राउत र सोही स्थान घर भई हाल जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ८ बस्दै आएका ५१ वर्षीय फेकन चौधरी रहेको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ । प्रहरीले जुवाको खालबाट […]

पोखरामा जुवातास खेलिरहेका ६ जना पक्राउ

पोखरामा जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ गरेका छन् । पोखरा–१४ नहरचोकमा अवैध रुपमा जुवातास खेलिरहेको अवस्थामा  ६ जनालाई डेढ लाख रुपैयाँ नगदसहित प्रहरीले पक्राउ गरेको हो ।भारतको मोतिहारी त्रुकौलिया थाना घर भएका ईम्ताजया आलमले नहर चोकमा जग्गा भाडामा लिई बनाएको ब्लकको कोठामा जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । नगद एक लाख ५६ हजार ३९५ र १ बुक ताससहित पक्राउ गरिएका उनीहरुलाई कानुनी प्रक्रिया अगाडि बढाएको प्रहरीले जनाएको छ ।

मनीदेवी विकलाई जापानबाट डेढ लाख सहयोग रकम हस्तातरण

मेघराज रिष्मेली/टोकियो ।। बागलुङ जिल्ला ढोरपाटन नगरपालिका वडा नं. ५ प्याङखोला डाँडागाउँस्थित जन्म घर भएकी वर्ष ३४ की मृगौलापीडित मनीदेवी विकको उपचारका लागि एक लाख ५५ हजार ५१४ रुपियाँ सहयोग गरिएको छ । खाता नम्बर १०३६०–७०६८९२६३ मा जम्मा गरी ने.रु. एक लाख ५५ हजार ५१४ रुपियाँ शिव गिरी र डन्ड केसी को विशेष पहल तथा जापान नेपाली एकता समाज एवम् अन्य साथीहरूको सहयोगमा सङ्कलित रकम नेपाल पीडितसमक्ष पठाइएको जापान नेपाली एकता समाज क्षेत्रीय समिति टोकियोका अध्यक्ष डण्ड केसीले युगदर्शनलाई जानकारी दिनुभयो। पीडित विक यतिबेला इन्डियाको एक मृगौला हस्पिटलमा गत छ महिना पहिलेदेखि उपचारत रही मृत्युर जीवनको दोसाँधमा छट्पटाइरहेकी छिन्। उनका श्रीमानको पहिल्यै खोलाले बगाएर मृत्यु भएको र उनका तीन छोरी र एक छोरा सानै उमेरका छन् । एउटा दलित परिवारका सामान्य परिवारकी छोरी भएकाले उनी कैयौँ पटक बुटवल तथा काठमाडौँको वीर हस्पिटलमा उपचार गरिरहँदा पनि आर्थिक अवस्था कमजोर भएकै कारण उपचार हुन नसकेपछि अहिले इन्डियामा उनका आफन्तले उपचार गराइरहेको र मृगौलापीडित मनीदेवीलाई उपचार गर्न आर्थिक अवस्था कमजोर भएका कारणले उपचारमा समेत समस्या परेको हुदा उनको जीवन रक्षाको निम्ति आर्थिक सङ्कलन अभियान सञ्चालन गरी पीडितलाई पठाइएको हो।

दाङको तुलसीपुरमा ३५ हजार घर, डेढ लाख जनसंख्या

दाङ : तुलसीपुर उपहानगरपालिकाभित्र करिब ३५ हजार घरधुरी र डेढ लाख जनसंख्या रहेको तथ्यांक सार्वजनिक गरिएको छ। उपमहानगरले तयार गरेको प्रोफाइल प्रदेश ५ का मूख्यमन्त्री शंकर पोखरेलले सार्वजनिक गरेका हुन्‌। तथ्याङ्कअनुसार तुलसीपुरमा ३४ हजार ९ सय ७८ घरधुरी रहेका छन्‌। यी घरधुरीमा १ लाख ४९ हजार ६ सय ४७ जनसंख्या ...