३ कात्तिक, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हिराचन्द्र केसी उपचारका लागि वीर अस्पतालमा भर्ना भएका छन् । गत शुक्रबार डेंगु संक्रमण पुष्टि भएपछि केसी शनिबार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना भएका थिए । तर स्वास्थ्यमा सुधार नभएपछि बुधबार वीर अस्पतालमा लगिएका थिए । अस्पतालका निमित्त प्रमुख प्रशासकीय अधिकृत डा. भुपेन्द्र बस्नेतले राज्यमन्त्री […]