काठमाडौँ : राष्ट्रियसभाका सदस्यहरूले शुक्रबार साँझ प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेका छन्।राष्ट्रियसभाको दोस्रो बैठकपछि अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको कार्यकक्षमा भएको भेटमा आगामी आर्थिक वर्ष २०८०।०८१ को बजेटमार्फत सांसद विकास कोषमा रकम छुट्याउन सरकारमाथि दबाब भइरहेको विषयमा ध्यानाकर्षण गराए।उक्त भेटमा नेपाली कांग्रेसकी प्रमुख सचेतक अनिता देवकोटाले राष्ट्रियसभा र प्रतिनिधिसभा दुबै सदनको समान हैसियत भएकोले संसद् विकास कोष नराख्नुपर्ने अडानमा राष्ट्रियसभा एकमत रहेको तर बजेटमा राख्ने हो भने रा