एजेन्सी – फिफा विश्वकप कतार २०२२ को पहिलो सेमिफाइनलमा अर्जेन्टिनाको ध्यान क्रोएसियालाई कसरी हराउनेमा नै रहेको प्रशिक्षक लिओनेल स्कालोनीले बताएका छन् । उपाधिको बलियो दावेदारको रुपमा रहेको अर्जेन्टिनालाई फाइनल पुग्ने पक्काजस्तै मानिएको छ । तर स्कालोनीले क्रोएसियासँगको खेल कठिन हुने बताए । ‘हामी निकै कठिन खेल हुने अपेक्षा गरिरहेका छौं । क्रोएसिया निकै राम्रो टोली […]