काठमाडौँ- सोमबारदेखि सुरु नेपाली कांग्रेस महासमितिको बैठकमा हिन्दू राष्ट्र पुनर्स्थापना पक्षधरहरुको हस्ताक्षर संकलन भएको छ। ललितपुरको गोदावरीमा सुरु बैठकमा केन्द्रीय सदस्य शंकर भण्डारीको अगुवाइमा हिन्दू राष्ट्र पुनर्स्थापनाको पक्षमा महासमिति सदस्यहरुको हस्ताक्षर संकलन सुरु भएको हो। बैठकको पहिलो दिन सोमबार ४ सय जना महासमिति सदस्यले हस्ताक्षर गरेका छन् । सनातन हिन्दू राष्ट्र नेपाल स्थापना महाअभियानका संयोजक […]