रोगरहित आलुको बीउ उत्पादन गर्नका लागि काभ्रेको पनौती नगरपालिका–३ स्थित कुशादेवीमा एरोपोनिक प्रविधिको अभ्यास सुरु गरिएको छ । काठमाडौँ विश्वविद्यालयको जैविक प्रविधि विभागले रोगरहित आलुको पूर्व–मूल बीउ उत्पादनका लागि पनौतीको कुशादेवीमा रहेको खाद्यान्न तथा आलुको बीउ, अलैंची तथा फलफूल नर्सरी उद्योगमा एरोपोनिक प्रविधिको प्रयोग सुरु गरिएको हो ।