एजेन्सी । दक्षिणी फ्रान्सको प्रोभेन्स क्षेत्रस्थित एउटा सानो पहाडबाट दुईवटा सूर्य देखिन्छ । एउटा साढे चार खर्ब वर्ष पुरानो सूर्य, जुन हामी सो ठाउँ पुग्दा अस्ताउँदै थियो । अर्को हजारौँ मानव मस्तिष्क र हातले बनाउँदै गरेको एकदम सुस्तरी उदाइरहेको कृत्रिम सूर्य । विशाल निर्माण क्षेत्रमा बनिरहेको सूर्यले काम गर्न थालेपछि मानव इतिहासकै सबैभन्दा ठूलोमध्ये एक सङ्कट जलवायु सङ्कटलाई समाधान हुन सक्छ । फ्रान्सको सानो कम्युन सेन्ट–पल–ले–डुरेन्समा ३५ देशहरू मिलेर ‘न्युक्लियर फ्यूजन