पोखराको दीगो विकासमा कोरियाको चासो

दक्षिण कोरियाका राष्ट्रियसभा सदस्य तथा दक्षिण एसिया क्षेत्रका कोरियन प्रतिनिधि साङ्ग हेन लीसहितको टोलीले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग शिष्टाचार भेटवार्ता गरेको छ । भेटवार्ताका क्रममा पोखराको दीगो विकास, फोहोर मैला व्यवस्थापन, ट्राफिक व्यवस्थापन तथा हरित सहरी यातायात लगायतका विषयमा छलफल भएको प्रमुख आचार्यले बताए ।टोलीले पोखराको दीगो विकास, यहाँको फोहोर व्यवस्थापन तथा ट्राफिक व्यवस्थापन र हरियाली प्रवर्द्धनसहित हरित सहरी यातायात विकासका लागि कोरियन सरकारको तर्फबाट आवश्यक सहयोग गर्ने

सम्बन्धित सामग्री

नेपालले दीगो र उत्तरदायी ढङ्गले जलस्रोतको उपयोग गर्नुपर्छ : सरोकारवाला

काठमाडौं । नेपालले दीगो र उत्तरदायी ढंगले जलस्रोतको उपयोग गर्नुपर्ने सरोकारवालाहरूले बताएका छन् । काठमाडौंमा बिहीबार आयोजित जलविद्युतको दीगो विकाससम्बन्धी क्षेत्रीय सम्मेलनका अवसरमा बोल्दै उनीहरुले यस्तो बताएका हुन् । सम्मेलनमा हाइड्रोपावर सस्टेनेबिलिटी एलायन्स (एचएसए)का उपकार्यकारी निर्देशक एलेन किलाजियानले ‘हाइड्रोपावर सस्टेनेबिलिटी स्ट्याण्डर्ड’लागू हुनुपर्ने बताए । यसले नेपालले दिगो र उत्तरदायी ढङ्गले जलस्रोतको उपयोग गर्न र अन्ततः दक्षिण एसियाको पानीको ब्याट्री बन्ने आफ्नो जलवायु दायित्व पूरा गर्न सहयोग पुग्ने उनको भनाई छ ।  उनले इन्डोनेसियाको बालीमा ३१ अक्टोबरदेखि २ नोभेम्बर २०२३ सम्म आयोजित विश्व जलविद्युत कंग्रेसका बारेमा जानकारी दिँदै विश्वव्यापी मापदण्डको पालना गर्दै नेपालको जलविद्युत विकास पहलमा सहयोग पुर्‍याउन एचएसए नेपाल आएको बताए । उनले शून्य उत्सर्जन लक्ष्य हासिल गर्दै जलविद्युत् विकासमा  ध्यान केन्द्रित गर्नु महत्वपूर्ण पक्ष रहेको बताए । उनले जलविद्युतको विकासले मात्र पुग्दैन भन्ने विश्वव्यापी सहमति रहेको र यसलाई दीर्घकालीन रुपमा पनि दिगो बनाउन आवश्यक रहेको उल्लेख गरे ।  सम्मेलनलाई सम्बोधन गर्दै स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपालका अध्यक्ष गणेश कार्कीले नेपालको जलविद्युत् विकासका लागि सार्वजनिक–निजी साझेदारीका लागि सरकार थप खुला हुनुपर्नेमा जोड दिए । उनले ऊर्जामन्त्रीले संसद्को तल्लो सदनमा पेश गरेको विद्युत् विधेयक, २०२३ को मस्यौदा कार्यान्वयन हुनुअघि संशोधन गर्नुपर्ने आवश्यकता औँल्याए । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले नेपालमा जलविद्युत् विकासका क्षेत्रमा धेरै उपलब्धि हासिल भएको र यसमा सार्वजनिक निकाय र निजी क्षेत्र दुवैले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । उनले बजारको खोजी गर्दा सरोकारवालाले आन्तरिक र अन्तर्राष्ट्रिय दुवै बजारमा समान रुपमा ध्यान दिनुपर्नेमा जोड दिए । ऊर्जा मन्त्री शक्ति बस्नेतले मुलुकको जलविद्युत सम्भाव्यताको दोहन गर्न सरकार प्रतिवद्ध रहेको चर्चा गर्दै उर्जा मन्त्रीको हैसियतले नेपालको दिगो विकासका लागि जलविद्युतले निर्वाह गर्ने महत्वपूर्ण भूमिकालाई आफूले बुझेको उल्लेख गरे । उनले आगामी एक दशकभित्र सबै नागरिकलाई विद्युतको पहुँचमा पुर्‍याउने सरकारको लक्ष्य रहेको बताए । उनले आगामी १२ वर्षमा २८ हजार मेगावाट विद्युत् उत्पादन गर्ने सरकारको योजना रहेको बताए । मन्त्री बस्नेतले केही प्राथमिकता प्राप्त आयोजनामा दिगो लगानी आकर्षित गर्न सरकारले सक्दो प्रयास गरिरहेको जानकारी दिए । अन्तर्राष्ट्रिय जलविद्युत् सङ्घका उपाध्यक्ष सुशील पोखरेलले इन्डोनेसियाको बालीमा सम्पन्न विश्व जलविद्युत् सम्मेलनले नेपाललाई आफ्नो उपलब्धि विश्वस्तरमा प्रदर्शन गर्ने अवसर प्रदान गरेको बताए । अन्तर्राष्ट्रिय सेमिनार र सम्मेलनहरूमा नेपाली प्रतिनिधिहरूले लगानी आकर्षित गर्ने गरी हाम्रो सफलताका कथाहरू सुनाउनु पर्ने पोखरेलको भनाइ छ । उनले लगानीकर्ताका लागि प्रभावकारी एकद्वार नीतिले देशलाई फाइदा पुग्ने समय आएको पनि उल्लेख गरे । विद्युत् नियमन आयोगका अध्यक्ष डिल्लीबहादुर सिंहले अहिले प्रचलित आम धारणाविपरीत नेपालमा बढी परिमाणमा विद्युत् उत्पादन गर्न सक्ने सम्भावना रहेको बताए । उनले २८ हजार मेगावाट विद्युत् उत्पादन गर्ने र त्यसमध्ये १५ हजार मेगावाट निर्यात गर्ने योजना रहेको तर सबै सरोकारवालाले सोध्नुपर्ने प्रश्न नेपालले त्यो विद्युत् कहाँ निर्यात गर्ने र कसरी गर्ने भन्ने प्रश्न रहेको बताए । कार्यक्रममा नेपाल हाइड्रोपावर एशोसिएशनका अध्यक्ष अरुण रजौरियाले जलवायु–लचिलो पूर्वाधार विकास र दिगो ऊर्जा समाधान दिगो विकासको लागि समग्र रूपमा आधारभूत आवश्यकता रहेको बताए । सम्मेलनको उद्घाटन सत्रमा इपान, एचएसए र आईएचएबीच सहकार्यका लागि त्रिपक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको छ । यो सहकार्य जलविद्युतको माध्यमबाट दिगो विकासको लागि भएको कार्यक्रममा बताइयो । समझदारीपत्रमा टिम भेन्चरका संस्थापक तेन्जिन गोन्सार र इन्टरनेशनल हाइड्रोपावर एशोसिएशनका उपाध्यक्ष सुशील पोखरेलले हस्ताक्षर गरेका छन् । दुवै हस्ताक्षरको साक्षी मन्त्री बस्नेत थिए । मन्त्री बस्नेतलाई हाइड्रोपावर सस्टेनेबिलिटी एलायन्सका उपकार्यकारी निर्देशक एलेन किलाजियान र स्वतन्त्र ऊर्जा उत्पादक संघ नेपालका अध्यक्ष गणेश कार्कीले विद्युत् नियमन आयोगका अध्यक्ष डिल्लीबहादुर सिंहलाई स्मारिका प्रदान गरेका थिए ।

हिमालय ट्राभल मार्ट : गन्तव्य बजारमा दरिलो उपस्थिति जनाउने प्रतिबद्धता

कोभिड–१९ महामारीपछिको पर्यटन पुनरुत्थान र प्रवर्द्धन तथा दीगो पर्यटन विकासमा रणनीतिक योजनाका साथ गन्तव्य बजारमा दरिलो उपस्थिति जनाउने सामूहिक प्रतिबद्धताका साथ हिमालय ट्राभल मार्टको चौथो संस्करण काठमाडौँमा सम्पन्न भएको छ । संस्कृति, पर्यटन तथा नागरिक मन्त्रालय, नेपाल पर्यटन बोर्ड, नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) लगायत पर्यटन क्षेत्रका सङ्घ संस्थाहरूको सहयोग तथा समन्वयमा प्यासिफिक एशिया ट्राभल …

पत्रकारहरूका संगठन भन्छन्- सञ्चार क्षेत्रको विकासमा सरकारहरू गम्भीर भएनन्

काठमाडौं : पत्रकारका संगठनका प्रमुखहरूले अहिलेसम्मका सरकारहरू सञ्चार क्षेत्रको विकासमा लागि गम्भीर हुन नसकेको बताएका छन्। सरकारमा नपुग्दासम्म सञ्चार क्षेत्रको विकासका लागि प्रतिवद्ध रहेको बताउने तर सत्तामा पुगेपछि प्रभावकारी काम नगर्ने गरेको उनीहरुले बताएका हुन्।सामुदायिक रेडियो प्रसारक संघ अकोराबले बिहीबार गरेको छलफलमा नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले देशको राजनीतिक परिवर्तन, विपदलगायतका अन्य संकटका बेला सञ्चारमाध्यमको भूमिका अतुलीन रहने गरे पनि सरकारले यो क्षेत्रको दीगो विकास

मुक्तिनाथ विकास बैंकद्वारा ‘आत्मनिर्भर ग्रिन प्रोजेक्ट’ अभियान

मुक्तिनाथ विकास बैंक लिमिटेडले ‘मुक्तिनाथ आत्मनिर्भर ग्रिन प्रोजेक्ट’ अभियान सञ्चालन गरेको छ । स्थापनाको १६औं वर्ष पूरा गरी १७औं वर्षमा प्रवेश गरेको अवसरमा दीगो विकासमा टेवा पुग्ने सामाजिक उत्तरदायित्व अभियानलाई निरन्तरता दिँदै यो अभियान सञ्चालन गरेको बैंकले जनाएको छ । यस अभियान अन्तर्गत बैंकले देशभरका विभिन्न अनाथालय तथा वृद्धाश्रमहरु छनोट गरी आवश्यकता अनुसार थोपा सिंचाइ […]

मुक्तिनाथ विकास बैंकको ‘आत्मनिर्भर ग्रिन प्रोजेक्ट’ अभियान सञ्चालन

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले ‘मुक्तिनाथ आत्मनिर्भर ग्रिन प्रोजेक्ट’ अभियान सञ्चालन गरेको छ । स्थापनाको १६औं वर्ष पुरा गरी १७औं वर्षमा प्रवेश गरेको अवसरमा दीगो विकासमा टेवा पुग्ने सामाजिक उत्तरदायित्व अभियानलाई निरन्तरता दिँदै यो अभियान सञ्चालन गरेको बैंकले जनाएको छ । यस अभियान अन्तर्गत बैंकले देशभरका विभिन्न अनाथालय तथा वृद्धााश्रमहरु छनोट गरी आवश्यकता अनुसार […]

स्थानीय सरकार : महिला नेतृत्व विकासको आधार

दीगो विकास, समृद्धि र सुशासनको पहिलो जग स्थानीय सरकार हो । स्थानीय तह भनेको जनतासँग प्रत्यक्ष सरोकार राख्ने दैलोको सरकार हो । कुशल नेतृत्व नीति–निर्माण र पूर्वाधार विकासमा स्थानीय नागरिकको अर्थपूर्ण सहभागिताका...

दीगो पर्यटन विकासमा जोड दिन आग्रह: सहायक महासचिव कान्नी

नेपाल पर्यटन बोर्डले युएनडीपीका सहायक महासचिव तथा एसिया प्रशान्त क्षेत्रीय निर्देशक कान्नी वाग्नाराजासँग युएनडीपी अन्तर्गत बोर्डले गरेका कार्यक्रमको विषयमा छलफल तथा अन्तरक्रिया सम्पन्न गरेको छ।...

दीगो पर्यटन विकासमा जोड दिन आग्रह

नेपाल पर्यटन बोर्डले संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम युएनडीपीका सहायक महासचिव तथा एशिया प्रशान्त क्षेत्रीय निर्देशक कान्नी वाग्नाराजासँग युएनडीपी अन्र्तगत पर्यटन बोर्डले गरेका कार्यक्रमका बारेमा छलफल गरेका छन् ।युएनडीपीका सहायक महासचिव तथा एशिया प्रशान्त क्षेत्रीय निर्देशक वाग्नाराजाले पर्यटन बोर्डसँग युएनडीपीको पुरानो सहकार्य रहेको उल्लेख गर्दै पछिल्लो समय युएनडीपीसँग भएको सहकार्य र यसबाट भइरहेका कामको प्रशंसा […]

नेपाल र बेलायतका निजी क्षेत्रले उर्जा विकासमा सहकार्य गर्ने

नेपाल र बेलायतका निजी क्षेत्रले उर्जा विकासमा सहकार्य गर्ने भएका छन् । भर्चुअल माध्यमबाट भएको छलफलअनुसार उर्जाको विकासका लागि बेलायती उद्योगी÷व्यवसायीले नेपाली उर्जा व्यवसायीसँग सहकार्य गर्ने भएका हुन् । दुई देशका निजी क्षेत्रको आपसी सहकार्यले कार्वन उत्सर्जन न्यूनिकरण गरी हरित र दीगो अर्थतन्त्र निर्माणका लागि सहयोग पुग्ने अपेक्षा लिइएको छ । नेपाल लगानी बोर्डको आयोजनामा भएको भर्चुअल कार्यक्रममा बेलायती निजी क्षेत्रले नेपालको उर्जा विकासमा सहयोग गर्ने बताएका हुन् ।बेलायतको संयोजनमा आग

दीगो आर्थिक विकासमा केन्द्रित हुन उद्योगी,व्यवसायीसँग प्रधानमन्त्रीको आग्रह

काठमाण्डौँ। प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले दिगो आर्थिक विकासलाई उच्च प्राथमिकता दिएको बताएका छन् । प्रधानमन्त्री देउवाले सामाजिक न्यायसहितको दीगो आर्थिक विकासमा…