सकियो गोदावरी फूलको प्रदर्शनी, ७९ लाख रुपैयाँ बराबरको कारोबार

काठमाडौँ – १४औं गोदावरी फूलको प्रदर्शनीमा करिब ७९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। नजिकिँदै गरेको तिहारलाई लक्ष्य गरी फ्लोरिकल्चर एसोसिएसन अफ नेपालको आयोजनामा जावलाखेल मैदानमा भएको चारदिने गोदावरी पुष्प प्रदर्शनीमा करिब ७९ लाख रुपैयाँ बराबरको कारोबार भएको हो। एसोसिएसनले ५० लाख रुपैयाँको कारोबार हुने अनुमान गरेको थियो। यस्तै, अवलोकनकर्ताको सहभागिीा पनि उत्साहजनक नै देखिएको […]

सम्बन्धित सामग्री

तिहारका लागि साढे २४ लाख फूलमाला खपत : प्रतिबन्ध लगाए पनि भारतबाट आयात रोकिएन

काठमाण्डौ – यो तिहारमा साढे २४ लाख माला खपत भएको छ । देशभित्र उत्पादन भएको १७ लाख सयपत्री माला तथा मखमली, गोदावरी र भारतबाट आयात भएको सयपत्री गरी साढे २४ लाख माला खपत भएको र झण्डै १३ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । भोलि मुख्य दिन भाइटीकासम्म नै कारोबार हुने भएकाले फूलको खपत र कारोबारको वास्तविक तथ्याङ्क भने तिहारपछि मात्रै आउने फ्लोरिकल्चर एशोसिएसन नेपालका अध्यक्ष मीनबहादुर तामाङले बताउनुभयो । तिहारमा प्रयोग हुने माला र फूलका लागि नेपाल भित्रकै उत्पादनले लगभग धान्न सक्ने अवस्था छ । तर, ...

गोदावरी फूलको प्रदर्शनी सकियो

१४औं गोदावरी फूलको प्रदर्शनीमा करिब ७९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।तिहारलाई लक्षित गरी फ्लोरिकल्चर एशोसियशन अफ नेपालको आयोजनामा जावलाखेल मैदानमा भएको चार दिने गोदावरी पुष्प प्रदर्शनीमा करिब ७९ लाख रुपैयाँ बराबरको कारोबार भएको हो । एशोसियशनले ५० लाखको कारोबार हुने अनुमान गरेको थियो ।यस्तै, अवलोकनकर्ताको सहभागीता पनि उत्साहजनक देखिएको छ । प्रदर्शनीमा करिब […]

निषेधाज्ञाका कारण फूल खेतीमा करोडौंको नोक्सानी

चितवन । कोरोना महामारी नियन्त्रणका लागि जारी निषेधाज्ञाका कारण चितवनको फूल खेतीमा ५ करोड रुपैयाँ बराबरको नोक्सानी प्रक्षेपण गरिएको छ । फ्लोरिकल्चर एसोसिएसन चितवनका अनुसार यहाँ उत्पादन हुने बाह्रैमासे फूल र मौसमी फूल खेती गरी उक्त घाटा भएको आकलन गरिएको  हो । फूलको माग राम्रै भए पनि निषेधाज्ञाका कारण बजार नपाउँदा नोक्सानी बेहोर्नुपरेको एसोसिएसनले जानकारी दिएको छ । निषेधाज्ञापछि करिब डेढ महिने अवधिमा ५ करोड रुपैयाँ बराबर नोक्सान भएको एसोसिएसनका अध्यक्ष प्रकाश पन्तले बताए । विशेषगरी तयारी अवस्थाका ग्लाडियस, गोदावरी र सयपत्री फूल बिक्री गर्न नसकिँदा  बारीमै सुकेका छन् । आफ्नो १२ कठ्ठा क्षेत्रफलमा लगाएको गोदावरी फूल सुकेपछि ५ लाख रुपैयाँ नोक्सान भएको उनको भनाइ छ । ‘अन्य किसानको पनि १ देखि २५ लाख रुपैयाँसम्मको नोक्सानी भएको छ’, उनले भने, सबै गरी ५ करोड बराबरको क्षति आकलन गरेका छौं ।’ पन्तका अनुसार निषेधाज्ञाका कारण अर्डर आइसकेका फूल बजारमा जान नसक्दा  र अधिकांश शुभकार्य, सभा, सेमिनार तथा धार्मिक अनुष्ठानका कार्य रोकिँदा यसको  असर फूल व्यवसायमा परेको हो  । भरतपुर महानगरपालिका–१८ का किसान कमल अर्याल गत वर्षदेखि हालसम्म २२ लाख रुपैयाँ बराबरको फूल खेतीमा नोक्सानी भएको बताउँछन् । गत वर्षदेखिको कोरोना महामारीका कारण फूलको माग भए पनि प्रयोगमा नआउँदा फूल खेती किसानले नोक्सान बेहोर्नुपरेको हो । हाल उनले डेढ बिघामा ग्योडोलस फूल लगाएका छन् । अहिले फूल बिक्रीयोग्य भए पनि निषेधाज्ञा कारण सुकेपछि जोत्न लागेको उनले बताए । ‘यो फूल तयार भएपछि एक साता भन्दा बढी राख्नै मिल्दैन’, अर्यालले भने, निषेधाज्ञा खुल्ने टुंगो छैन । जोत्नुको विकल्प छैन ।’ निषेधाज्ञाकै कारण बारीमा फुलिसकेका फूल ओइल्याएका छन् भने कतिपयले लागत बराबरमै बिक्री गर्दा पनि माग शून्यजस्तै छ । व्यावसायिक फूल खेती गर्ने र नर्सरीमा बिरुवा उत्पादन गर्ने किसानले पनि बिक्री नभएको बताएका छन् । विशेषगरी काठमाडौं र पोखरालगायतका सहरमा चितवनको फूल जाने गरेको छ । ‘चितवनमा फूल बिक्री ठप्पजस्तै छ’, भरतपुर महानगरपालिका–२६ का किसान दीपक पाख्रिन भन्छन्, ‘अहिले सयपत्री फूल पशुपति आर्यघाटबाट केही मात्र अर्डर छ । त्यो पनि फाइदा नखाई पठाएको छु ।’ बाह्रैमासे बिक्री हुने सयपत्री फूल पनि अहिले बिक्री हुन नसकेको उनको भनाइ छ । पाख्रिनको दुई बिघा क्षेत्रफलमा सयपत्री ढकमक्क फुलिरहे पनि महँगो भाडा तिरेर काठमाडौं पठाउनुपरेकोे पाख्रिनको गुनासो छ । सयपत्री फूल एक गाडीको १० हजार  तिरेर पशुपतिमा १५ हजार रुपैयाँमा बिक्री गर्नुपरेकोे उनको भनाइ छ   । पछिल्लो समय चितवनमा फूल खेतीको आकर्षण बढ्दै गएको थियो । तर, पटक–पटकको बन्दाबन्दी र निषेधाज्ञाले फूल खेती गर्ने किसान नोक्सानीमा परेका छन्  । यसले गर्दा हाल न नर्सरीका बिरुवा फूल बिकेका छन्, न त तयार भएका फूल नै बिक्न सकेका छन् । यस्तै अवस्था रहने  हो भने अधिकांश फूल खेती किसान विस्थापित हुने र फूलका लागि फेरि भारतलगायत अन्य तेस्रो मुलुकसँग भरपर्नुपर्ने अवस्था आउने किसानको भना छ । एसोसिएसनका अनुसार चितवनमा ३० बिघाभन्दा बढी क्षेत्रफलमा व्यावसायिक फूल खेती हुदै आएको छ । यहाँ  व्यावसायिक फूल खेती गर्नेको संख्या ५० जना र भने फूलको नर्सरी एवं गार्डेनिङ गर्नेको संख्या  २० हाराहारी छ । चितवनमा बुकी फूल, कटफ्लाबर, रोज र ग्याडोलसजस्ता मौसमी फूलको व्यावसायिक खेती हुँदै आएको छ ।