टीकाप्रसाद आफूसँग भएको प्रशस्त जग्गा जमिन, खेतीपाती, गाईवस्तुको फार्ममै व्यस्त र मस्त देखिन्थे। आफ्नो परिवारका लागि पुग्ने आम्दानी प्रशस्त हुन्थ्यो। त्यसैले बेलामौकामा साथीभाइ बोलाउने, खुवाउने रमाइलो पनि गर्थे। अरूले हेर्दा उनको जीवन रमाइलो र सुखको देखिन्थ्यो।एक दिन जाडोको साँझ साथीभाइ जम्मा भएर घरकै ठूलो चौरको बीचमा आगो ताप्दै, खाना खाँदै रमाइलो गरिरहेकै बेलामा चोलाप्रसादले भने– हेर टीका तिमी यतिमै खुसी र सन्तोष मानेर नबस। हिरा त तिम्रो पैतालामुनि नै छ। तिमीले पाँचवटा डल्ला हिरा बेच्यौ भन