फौजी किरा नियन्त्रण गर्न किसानलाई निःशुल्क विषादी

भोजपुर।अमेरिकन फौजी किराले भोजपुरको पौवादुङ्मा गाउँपालिकाको सानोदुम्मा, ठूलोदुम्मा, बास्तीम,च्याङ्ग्रेलगायत स्थानका अधिकांश किसानको मकैबाली नष्ट पारेपछि विषादी वितरण अभियान थालिएको छ। गाउँपालिका अध्यक्ष किरण राईले भने,“फौजी किराका कारण किसानका मकैबाली नष्ट भएको जानकारी आएपछि हामीले प्राविधिक पठाएर उहाँहरुको समस्या समाधान गरिरहेका छौं।गाउँपालिकाले किरा मार्नका निःशुल्क विषादी विरतण गरिरहेको छ।विषादी वितरण गरेसँगै किरा नियन्त्रणमा आएको छ।”

सम्बन्धित सामग्री

मकै माँस्ने फौजी किरा मार्न बारुलो र ढुँसी

मकै खेतीमा ठूलो समस्या बनेको फौजी किराको समाधान निकाल्न कृषि विज्ञहरु सफल भएका छन् । मकै मास्ने फैजी किरा मार्न रसायनिक विषादी हैन किरा नै प्रयोग हुने भएको छ । चितवन रामपुरको कृषि तथा वन विज्ञान विश्वविद्यालयका प्रध्यापक तथा विद्यार्थीले किसानलाई सताउने किरा मार्ने त्यस्ता उपयोगी किरा प्रयोगशालामा धेरै उत्पादन गर्ने प्रविधि पत्ता लगाएका छन् ।

फौजी किरा नियन्त्रण गर्न किसानलाई निःशुल्क विषादी

भोजपुर । अमेरिकन फौजी किराले मकैबाली नष्ट गरेपछि भोजपुरको पौवादुङ्मा गाउँपालिकाले निःशुल्क विषादी वितरण अभियान थालेको छ । फौजी किराका कारण समस्या परेका किसानलाई गाउँपालिकाले निःशुल्क विषादी वितरण गरेको हो । पालिकाको तल्लो भेगका अधिकांश किसानको मकैबाली किराले नष्ट पार्न थालेपछि विषादी वितरण अभियान थालेको गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिए । उनले भने, ‘फौजी किराका कारण किसानका मकैबाली नष्ट भएको जानकारी आएपछि हामीले प्राविधिक पठाएर उहाँहरुको समस्या समाधान गरिरहेका छौं । अहिले गाउँपालिकाले किरा मार्न निःशुल्क विषादी विरतण गरिरहेको छ । विषादी वितरण गरेसँगै किरा नियन्त्रणमा आएको छ ।’      गाउँपालिकाको सानोदुम्मा, ठुलोदुम्मा, बास्तीम, च्यांग्ररेलगायत ठाउँमा फौजी किराको प्रकोप रहेको गाउँपालिकाको कृषि शाखाले जनाएको छ । किसानको समस्या समाधानका लागि आवश्यक सहयोग गरिरहेको शाखाको भनाइ छ । गाउँपालिकाका कृषि शाखा प्रमुख बर्तेन्द्र राईले भने, ‘सयौं रोपनी क्षेत्रफलमा किराको प्रकोप देखिएको छ । नियन्त्रणका लागि आवश्यक पहल थालेका छौं । पछिल्लो समय धेरै हदसम्मका किरा नियन्त्रणमा आएको छ ।’  गाउँपालिकाले वडास्तरबाट कृषकलाई आवश्यक विषादी दिने व्यवस्था मिलाएको छ भने पालिका केन्द्रबाट पनि विषादी वितरण हुँदै आएको छ । गाउँपालिकाले प्रकोपका बेला निःशुल्क विषादी दिएपछि स्थानीय कृषक खुसी भएका छन् । स्थानीय कृषक बलबहादुर तामाङले भने, ‘गाउँभरि नै किराको प्रकोप छ । चार सयभन्दा बढी कृषकको मुख्यबाली मकैमा किराले क्षति पु¥याएको छ । मकैको गुबो सबै सखाप बनाएको छ । हाम्रो पीडालाई ध्यानमा राख्दै गाउँपालिकाले विषादी दिएकामा खुसी लागेको छ ।’ किसानका लागि आवश्यक पर्ने मलसमेत यो वर्ष समयमै वितरण भएको गाउँपालिकाको भनाइ छ । जिल्लाको बेंसी क्षेत्रका अधिकांश भागमा यस वर्ष पनि फौजी किराको प्रकोप देखिएको कृषि ज्ञान केन्द्र भोजपुुरले जनाएको छ । रासस

फौजी किरा नियन्त्रण गर्न किसानलाई निःशुल्क विषादी

भोजपुर । अमेरिकन फौजी किराले मकैबाली नष्ट गरेपछि भोजपुरको पौवादुङ्मा गाउँपालिकाले निःशुल्क विषादी वितरण अभियान थालेको छ । फौजी किराका कारण समस्या परेका किसानलाई गाउँपालिकाले निःशुल्क विषादी वितरण गरेको हो ।      पालिकाको तल्लो भेगका अधिकांश किसानको मकैबाली किराले नष्ट पार्न थालेपछि विषादी वितरण अभियान थालेको गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिए । उनले भने, ‘फौजी किराका कारण किसानका मकैबाली नष्ट भएको जानकारी आएपछि हामीले प्राविधिक पठाएर उहाँहरुको समस्या समाधान गरिरहेका छौं । अहिले गाउँपालिकाले किरा मार्न निःशुल्क विषादी विरतण गरिरहेको छ । विषादी वितरण गरेसँगै किरा नियन्त्रणमा आएको छ ।’      गाउँपालिकाको सानोदुम्मा, ठुलोदुम्मा, बास्तीम, च्यांग्र्रेलगायत ठाउँमा फौजी किराको प्रकोप रहेको गाउँपालिकाको कृषि शाखाले जनाएको छ । किसानको समस्या समाधानका लागि आवश्यक सहयोग गरिरहेको शाखाको भनाइ छ । गाउँपालिकाका कृषि शाखा प्रमुख बर्तेन्द्र राईले भने, ‘सयौं रोपनी क्षेत्रफलमा किराको प्रकोप देखिएको छ । नियन्त्रणका लागि आवश्यक पहल थालेका छौं । पछिल्लो समय धेरै हदसम्मका किरा नियन्त्रणमा आएको छ ।’      गाउँपालिकाले वडास्तरबाट कृषकलाई आवश्यक विषादी दिने व्यवस्था मिलाएको छ भने पालिका केन्द्रबाट पनि विषादी वितरण हुँदै आएको छ । गाउँपालिकाले प्रकोपका बेला निःशुल्क विषादी दिएपछि स्थानीय कृषक खुसी भएका छन् । स्थानीय कृषक बलबहादुर तामाङले भने, ‘गाउँभरि नै किराको प्रकोप छ । चार सयभन्दा बढी कृषकको मुख्यबाली मकैमा किराले क्षति पु¥याएको छ । मकैको गुबो सबै सखाप बनाएको छ । हाम्रो पीडालाई ध्यानमा राख्दै गाउँपालिकाले विषादी दिएकामा खुसी लागेको छ ।’      किसानका लागि आवश्यक पर्ने मलसमेत यो वर्ष समयमै वितरण भएको गाउँपालिकाको भनाइ छ । जिल्लाको बेंसी क्षेत्रका अधिकांश भागमा यस वर्ष पनि फौजी किराको प्रकोप देखिएको कृषि ज्ञान केन्द्र भोजपुुरले जनाएको छ । रासस

खोटाङमा हातैले टिपेर फौजी किरा नियन्त्रण गरिँदै

खोटाङ - जिल्लाको हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर–३ च्यास्मीटार दाल्फुका किसान मकैको बिरुवामा महामारीको रुपमा फैलिएको फौजी किरा टिपेर नियन्त्रणको प्रयासमा जुटेका छन् । कीटनाशक विषादी हाल्दा मानव स्वास्थ्यलाई जोखिम हुने र मकैबारीबाट निकालिने घाँसपात गाईवस्तुलाई खुवाउन पनि उत्तिकै जोखिमपूर्ण हुने भएकाले किसानले ...

किसानलाई निःशुल्क किटनाशक औषधि | Nagarik News - Nepal Republic Media

अमेरिकन फौजी किरा नियन्त्रणका लागि खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडा बयक्ताका युवा राजनीतिकर्मी सुवास राईले किसानलाई किटनाशक विषादी वितरण गरेका छन्।

मकैबालीमा फौजी किराको प्रकोप

गोरखाको शहिद लखन गाउँपालिका वडा नं ७ र ८ बुंकोटमा मकैबालीमा फौजी किराको प्रकोप देखा परेको छ । दुवै वडाको करीब १० हेक्टर क्षेत्रफलमा फौजी किराको प्रकोप देखा परेको गाउँपालिकाको कृषि शाखाले जनाएको छ । दोहोरो गोड्ने बेलाको मकैमा फौजी किराको प्रकोप देखा परेको कृषि शाखाका प्रमुख ऋषि रोकाले जानकारी दिए । “फौजी किराको प्रकोप भर्खरै सुरु भएको पाइएकाले यसलाई नियन्त्रणमा लिन सकिन्छ होला” उनले भने, “करीब १० प्रतिशत मात्र क्षति छ । हामीले फौजी किरा मार्न किसानलाई विषादी दिएका छौैं । विषदी प्रयोगको तरीका पनि सिकाएका छौं । नियन्त्रणमा आउने विश्वास छ ।”

नेपाल पस्यो अमेरिकी फौजी किरा !

काठमाण्डौ – अमेरिकी फौजी किरा नेपाल प्रवेश गरेको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयअन्तर्गतको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले अमेरिकी फौजी किरा नेपाल प्रवेश गरेको औपचारिक घोषणा गरेको हो । यसअघि नेपाल कृषि अनुसन्धान परिषद् नार्कका किट वैज्ञानिक अजयरत्न बज्राचार्य र बिनु भाटले नेपालमा फौजी किरा प्र...