स्याङ्जा – संविधानले दिएको अधिकारलाई प्रयोग गर्दै पालिकाले स्थानीय शिक्षा ऐन बनाइरहेका छन् । संविधानअनुसार आधारभूत र माध्यमिक तहसम्मको शिक्षाको व्यवस्थापन सम्बन्धित पालिकालाई दिइएको छ ।
ऐनसँगै स्याङ्जाका केही पालिकाले आफ्नो भूगोल, जातजाति र भाषाअनुसारको स्थानीय पाठ्यक्रम बनाएका छन् भने केहीले बनाउन सुरु गरेका छन् । स्याङ्जामा पाँच नगरपालिका र ६ गाँउपालिका गरी ११ पालिका छन् । तर ६ वटा पालिकाले मात्र स्थानीय पाठ्यपुस्तकमा चासाे दिएका छन् ।
वालिङ नगरपालिकाले पाठ्यक्रम र पाठ्यपुस्त...