पूर्वी चितवनको कालिका नगरपालिकामा गैंडाको खाग भेटिएको छ । डिभिजन वन कार्यालय चितवनका सूचना अधिकारी बालकृष्ण खनालका अनुसार आज बिहान स्थानीयले खाग वेवारिसे अवस्थामा भेटेपछि कार्यालयमा खवर गरेका थिए ।
१८ मंसिर, चितवन । चितवनको कालिका नगरपालिका-१ मा मृत गैंडा भेटिएको छ । चतुरमुखी सामुदायिक वनभित्र सडेगलेको अवस्थामा मृत गैंडा फेला परेको हो । गैंडालाई ६ महिना अगाडि चोरी शिकारीले मारेको हुनसक्ने आशंका डिभिजन वन कार्यालयले गरेको छ । गैंडाको खाग र खुर भेटिएको छैन । डिभिजन वन कार्यालय चितवनका अनुसार गैंडाको खप्पर र हड्डी […]
चितवन– दुलर्भ एक सिङ्गे गैंडा मृत अवस्थामा फेला परेको छ। माडी नगरपालिका वडा नम्बर १ बनकट्टास्थित रिउ खोलाको पुलबाट करिब ३०० मिटर उत्तरमा मृत गैंडा भेटिएको हो। चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार आज बिहान करिब ७ बजे २९ वर्षको भाले गैंडा मृत अवस्थामा भेटिएको हो। गैंडाको खाग र खुर सुरक्षित रहेको निकुञ्जले […]
चितवन । चितवन राष्ट्रिय निकुञ्जले गैँडाको तस्करी गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ । २०७६ साल भदौ ३१ गते निकुञ्जको नवलपरासीस्थित मर्दीघोल भन्ने ठाउँमा भाले वयस्क गैँडाको तस्करी गरेको अभियोगमा उनीहरू पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा मकवानपुरको वाग्मती गाउँपालिका वडा नम्बर ३ पाँचपाण्डवका ३५ वर्षीय नविन पौडेल भन्ने मेख...
४ वैशाख, चितवन । चितवनमा बुधबार एउटा गैंडा मृत भेटिएको छ ।
चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत सुखीभार क्षेत्रको कोर इलाका चिसापानी भन्ने स्थानमा जमेको पानी (घोल) भित्र गैंडा मृत भेटिएको हो ।
उक्त भाले गैंडाको खाग र खुर …