गोरखा – नेपाली कांग्रेस गोरखाले पार्टीले समर्थन गरेको आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिने दुई जनालाई कारबाही गरेको छ । गोरखा नगरपालिका ७ का रामशरण आचार्य र पालुङटार नगरपालिका ४ का गणेश देवकोटालाई पार्टीबाट निष्कासन गरिएको कांग्रेसले जनाएको छ । कांग्रेसको विधान २०१७ मा भएको व्यवस्थाअनुसार उनीहरूलाई पाँच वर्षका लागि पार्टी सदस्यबाट निष्कासन गरिएको कांग्रेस जिल्ला कार्यसमितिले आज बुधवार प्रेस विज्ञप्तिमार्फत जानकारी गराएको छ । उम्मेदवारी फिर्ता गराउन पटक–पटक अनुरोध गर्दा पनि अटेर गरी उम्मेद...