करिब ६ वर्षदेखि व्यावसायिक पशुपालन गर्दै आएका व्यास नगरपालिका–१० का कालिका पौडेलले पशु पाल्न नसकिने अवस्था आएको बताए । उत्पादित वस्तुको मूल्यभन्दा पशुलाई खुवाउने दाना, चोकरको मूल्य दैनिक बढ्दो अवस्थामा रहेकाले पशु पालन व्यवसाय संकटमा पर्दै गएको उनको भनाइ थियो ।