गण्डकी प्रदेशमा ३९ वर्षपछि आयोजना हुन लागेको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आउन अब एक महिना समय बाँकी छ । तर खेलस्थलको भने अझै टुंगो लागिसकेको छैन । प्रदेशको राजधानी पोखरासहित प्रदेशका ११ वटै जिल्लामा असोज २८ देखि कात्तिक ३ गतेसम्मको नवौँअन्तर्गतका खेल खेलाउने योजना यसअघि राष्ट्रिय खेलकुद परिषद्(राखेप)को थियो । सबै जिल्लालाई राष्ट्रिय खेलकुदको अपनत्वका …