एक सामाजिक संस्थाको रूपमा उदय भएको उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरम नेपालले मधेस आन्दोलनपछि पहिलो संविधान सभा चुनावमा ५४ सिट जितेको थियो । प्रत्यक्षमै २२ सिट जितेको पार्टीले समानुपातिकबाट ३० सिट ल्याएको थियो । दुई जना मन्त्रिपरिषद्बाट मनोनीत भएका थिए । त्यसपछि विभिन्न उतारचढाव बेहोरेको यादव नेतृत्वको पार्टी जनता समाजवादी पार्टी नेपालसम्म आइपुग्दा १२ सिटमा खुम्चिएको छ । मङ्सिर ४ गते सम्पन्न आमचुनावमा जसपाले प्रत्यक्षमा सात सिट जितेको छ भने समानुपातिबाट पाँच सिट हात परेको छ । पार्ट