काठमाडौं : नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रलाई सरकारलाई दिएको समर्थन फिर्ता लैजान चेतावनी दिएका छन्। उत्पीडित जातीय मुक्ति समाजको भेलामा ओलीले सीधै चेतावनीस्वरुप भने, 'राजीनामा देऊ भनेर किन रुने? सक्छौँ भने समर्थन फिर्ता लैजाऊ न। मसँग बहुमतको सरकार छ, मैले किन राजीनामा दिने? चाहिएको छैन तिमीहरूको समर्थन फिर्ता लैजाऊ न।’ अबको चुनावमा माधव नेपाल सांसदसमते नबन्ने पनि ओलीले ठोकुवा गरे। गल्ती स्वीकार गरेर पार्टीमा फर्किनसमेत उनको आग्रह थियो।&nb