काठमाडौं : लगातार वर्षको तेस्रो ग्रान्डस्लाम जित्ने लक्ष्यमा रहेका २२ पटकका ग्रान्डस्लाम विजेता स्पेनिस राफेल नाडाल विम्बल्डन टेनिसको अन्तिम चारमा प्रवेश गरेका छन्।निकै प्रतिस्पर्धात्मक बनेको खेलमा ३६ वर्षीय नाडालले अमेरिकन टेलर फ्रिट्जलाई ५ सेटको खेलमा पछि पार्दै सेमिफाइनल यात्रा तय गरेका हुन्। निर्णायक मानिएको पाँचौं सेटको टाइब्रुकरमा फ्रिट्जलाई ७-६ (१०-४) ले पछि पारेपछि नाडालले सेन्टर कोर्टमा आफुलाई पुन एकपटक उपाधि अभियानमा कायम राखे।पछिल्लो समय स्वास्थ्यका कारण समस्या झेलिरहेका नाडाल नि