काठमाण्डाै – स्वरसम्राट नारायण गोपालको ३२ औँ पुण्यस्मृतिमा वरिष्ठ गीतकार राजेन्द्र थापा र सङ्गीतकार प्रकाश गुरुङलाई सम्मान गरिएको छ । स्वरसम्राट नारायण गोपालको ३२ औँ पुण्यस्मृतिका अवसरमा आज साेमवार काठमाण्डाैमा आयोजित एक कार्यक्रमबीच अग्रज श्रष्टाद्वय थापा र गुरुङलाई नारायणगोपाल स्मृति सम्मान एवम् पुरस्कार प्रदान गरिएको हो ।
सम्मान कार्यक्रममा बोल्दै वरिष्ठ गीतकार राजेन्द्र थापाले नारायणगोपालको स्वरमा भएको मिठासका बारेमा अध्ययन हुन जरुरी रहेको बताउनुभयो । उहाँले नारायणगोपालको सालिक, प्रतिष्ठान एउटा नाममा मात्रै सीमि...