दार्चुला घटनामा संलग्न दोषीलाई कडा कारवाही गर्न सांसदहरुको माग

राष्ट्रिय सभा बैठकमा सत्तापक्ष र प्रतिपक्षी दलका सांसदहरुले दार्चुला घटनाका विषयमा गम्भीर छानविन गरी दोषीमाथि कारवाहीको माग गर्नुभएको छ । सत्ता गठबन्धन दलका सांसद तथा प्रतिपक्षीदलका सांसदहरु सबैले एक स्वरमा ‘मानवताविरोधी घटना’ संज्ञा दिंदै भारतीय पक्षलाई क्षमायाचना माग्न सुझाव दिनुभयो । संसद भवन बानेश्वरमा बुधबार बसेको राष्ट्रिय सभा बैठकमा धारणा राख्दै सांसदहरुले सो माग गर्नुभएको हो । सांसदहरुले बैठकको विशेष समय र शुन्य समयमा धारणा राख्नुहुँदै जनताको दैनन्दिन समस्या समाधानमा ध्यान दिन पनि सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सम्बन्धित सामग्री

संसद्मा एमालेलाई सभामुखको जवाफ :  नियम २१ पढ्नुहोस् !

संघीय संसदको संयुक्त अधिवेशन प्रारम्भ हुनासाथ बुधबार अपरान्ह ४ बजेपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदले सभामुख अग्निप्रसाद सापकोटाको विरोध गरे । सभामुखले एमाले फुटाएको विषयमा जवाफ दिनुपर्ने माग गर्दै रोष्टम घेराऊ गरेर प्रतिपक्षी सांसदहरुले बैठक अवरुद्ध गरे । एमाले सांसदहरुको माग थियो, पार्टीले कारवाही गरेका माधव नेपालसहितका १४ सांसदको पदमुक्ति सम्बन्धी सूचना सभामुखले किन टाँस नगरेको ? एमाले फुटाउन सभामुखले किन भूमिका खेलेको ?एमालेका प्रमुख सचेतक विशाल भट्टराईले करिब ७ मिनेट बोलेपछि एमाल

दार्चुला घटनाबारे छानबिन गर्न प्रतिनिधिसभा सांसदहरुको माग

काठमाडौँ– प्रतिनिधिसभाका सांसदहरुले दार्चुला जिल्लाको व्यास गाउँपालिका–२ मालघाटमा भएको घटनाबारे छानबिन गर्न माग गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्दै सांसदहरुले दार्चुला घटनाका दोषी भारतीय एसएसबीलाई कारवाही गर्नुपर्ने र मृतकका आफन्तलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने माग गरेका हुन् । सांसद विमला नेपालीले भनिन् “दार्चुला जिल्लाको महाकाली नदी तर्ने क्रममा तुइन काटिदिँदा जयसिंह धामी […]