काठमाण्डाै – शेयर बजार परिसूचक नेप्से दाेहाेराे अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज शुक्रवार १३ दशमलव ०५ अङ्कले बढेर दुई हजार एक सय ४० दशमलव ५२ विन्दुमा पुगेको छ ।
आज जलविद्युत्, निर्जीवन बीमा र म्युचल फन्डबाहेक अरू सबै समूहको शेयर बढेकोमा विकास बैंक र होटल तथा पर्यटन समूहको शेयर उच्च अङ्कले बढेको छ ।
आज दुई सय १६ वटा कम्पनीको ५१ लाख ११ हजार कित्ता शेयर दुई अर्ब १९ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै शिवम् सिमेन्ट्सको १२ करोड ८६ लाख रुपैयाँ बराबरको शेयर किचबेच भयो ।
आज र...