काठमाडौं । नेपालले चालू आर्थिक वर्ष (आव)को ५ महीनामा ४ अर्बभन्दा बढीको स्याउ निर्यात गरेको छ ।
भन्सार विभागको तथ्यांकअनुसार गत साउनदेखि मङ्सिर मसान्तसम्ममा ४ अर्ब ९ करोड २९ लाख ६४ हजार रुपैयाँ बराबरको ४ करोड १४ लाख २ हजार ९२७ किलोग्राम स्याउ आयात गरेको छ ।
गत वर्षको सोही अवधिमा नेपालले ३ अर्ब ८ करोड ९६ लाख ४९ हजार रुपैयाँ बराबरको ४ करोड १७ लाख १५ हजार १६६ किलोग्राम स्याउ आयात भएको थियो ।
गत वर्षको उक्त अवधिको तुलनामा यो वर्षको सोही अवधिमा स्याउ आयात मूल्यमा ३४ प्रतिशतले बढेको छ भने परिमाण ०.७४ प्रतिशतले घटेको छ ।
नेपालमा चीन, भारत, न्यूजील्याण्ड, थाइल्याण्ड, टर्की र संयुक्त राज्य अमेरिकाबाट स्याउ आयात हुने गरेको छ । यो अवधिमा सबैभन्दा धेरै स्याउ चीनबाट आयात भएको छ । चीनबाट मात्रै ३ अर्ब २२ करोड ४७ लाखको स्याउ निर्यात भएको छ । त्यसैगरी, भारतबाट ८५ करोड ६८ लाख रुपैयाँ बराबरको स्याउ आयात गरेको छ।
कुन देशबाट कति ?
देश
परिमाण (केजीमा)
मूल्य (रु हजारमा)
चीन
30,484,517
3,224,796
भारत
10,856,345
856,867
न्युजिल्याण्ड
20,580
4,434
टर्की
20,880
2,442
संयुक्त राज्य अमेरिका
20,580
4,414
कुल
41,402,927
4,092,964
स्रोत : भन्सार विभाग