प्रहरीले हातहतियार खरखजना मुद्दाका फरार प्रतिवादीलाई नौ महिनापछि पक्राउ गरेको छ । देवघाट गाउँपालिका–२ बैदीका ३९ वर्षीय मीनबहादुर मगरलाई प्रहरीले पक्राउ गरेको हो । तनहुँ जिल्ला अदालतको २०७७ फागुन २१ गतेको फैसलाले मगरलाई दुई महिना नौ दिन कैद सुनाएको थियो । अदालतको फैसलापछि उनी फरार थिए । मगरलाई पक्राउ गरी प्रहरीले जिल्ला अदालतसमक्ष पेस गरिएको छ । उनलाई बाँकी कैद भुक्तानका लागि अदालतमा पेस गरिएको प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।जिल्लामा पछिल्लो समय चोरी, डकैती, लागू