मकवानपुर गोल्डकप : रोमाञ्चक खेलमा आर्मी फाइनलमा

मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा हेटौंडामा जारी चौथो स्थानीय तह शहीद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकमा त्रिभुवन आर्मी फाइनल प्रवेश गरेको छ । शनिबार भएको दोस्रो सेमिफाइनल खेलमा क्यामरुनको एभिनियर एफसीसँग कठिन जित निकाल्दै साबिक विजेता आर्मी फाइनल प्रवेश गरेको हो । निर्धारित समय १–१ गोलको बराबरीमा टुङ्गिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा पनि बराबरी भएपछि सडनडेथमार्फत नतिजा निकालिएको हो । सडनडेथसम्म पुग्दा दुवै टिमबाट १४–१४ प्रहार भएको थियो । आर्मीको ११ प्र

सम्बन्धित सामग्री

मकवानपुर गोल्डकप: उपाधि रक्षाको बाटोमा आर्मी

साबिक विजेता त्रिभुवन आर्मी फुटबल क्लब हेटौंडामा जारी चौथो स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा शनिबार भएको खेलमा क्यामरुनी क्लब एभिनियर एफसीलाई पेनाल्टी शुटआउटमा ११–१० ले पराजित गर्दै विभागीय क्लब आर्मी फाइनलमा पुगेको हो । सोमबार हुने फाइनलमा आर्मीले स्थानीय टोली विजय युथ क्लबसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।

मकवानपुर गोल्डकप : आर्मी फाइनलमा प्रवेश

हेटौंडा: हेटौंडामा जारी चौथो स्थानीय तह शहीद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप प्रतियोगिता अन्तर्गत विभागीय टोली त्रिभुवन आर्मी क्लब फाइनलमा प्रवेश गरेको छ। दोस्रो सेमिफाइनल खेलमा विदेशी क्लब एनिनियर एफसी क्यामरुनलाई सडनडेथमा पराजित गर्दै आर्मी फाइनलमा प्रवेश गरेको हो। खेलमा निर्धारित समय १–१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टीमा गएको थियो। पेनाल्टीमा…

मकवानपुर गोल्डकप- क्यामरुनलाई हराउँदै आर्मी फाइनलमा

हेटौंडामा जारी स्थानीय तह शहीद स्मृति मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको आजको सेमिफाइनल खेलमा त्रिभुवन आर्मी क्लबले एभेनिर एफसी क्यामरुनलाई सडन डेथमा पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको छ ।

मकवानपुर गोल्डकप- क्यामरुनलाई हराउँदै आर्मी फाइनलमा

हेटौंडामा जारी स्थानीय तह शहीद स्मृति मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको आजको सेमिफाइनल खेलमा त्रिभुवन आर्मी क्लबले एभेनिर एफसी क्यामरुनलाई सडन डेथमा पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको छ ।