साबिक विजेता त्रिभुवन आर्मी फुटबल क्लब हेटौंडामा जारी चौथो स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा शनिबार भएको खेलमा क्यामरुनी क्लब एभिनियर एफसीलाई पेनाल्टी शुटआउटमा ११–१० ले पराजित गर्दै विभागीय क्लब आर्मी फाइनलमा पुगेको हो । सोमबार हुने फाइनलमा आर्मीले स्थानीय टोली विजय युथ क्लबसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।