सभामुख अग्नि सापकोटाले पूर्वसभामुखसँग परामर्श गर्ने

काठमाडौं। प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले पूर्व सभामुखसँग परामर्श गर्ने भएका छन्। संघीय संसद सचिवालयमा दिउँसो १ बजे पूर्वसभामुखहरुसँग छलफल गर्न लागेका हुन्। जेठ ८ गते प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक प्रतिनिधिसभा विघटन गरेपछिको अवस्थाका विषयमा छलफल हुने भएको हो। २०४८ सालपछिका सभामुखहरु दमननाथ ढुङ्गाना, रामचन्द्र पौडेल, तारानाथ रानाभाट, सुवास नेम्वाङ, ओनसरी घर्ती, कृष्णबहादुर महरा हुन्।

सम्बन्धित सामग्री

सभामुख र संविधानविदहरूको छलफल जारी

काठमाडौं। सभामुख अग्नि सापकोटा र संविधानविदहरुबीच छलफल जारी छ। अहिले संविधानविद चन्द्रकान्त ज्ञवालीले आफ्नो धारणा राखिरहेका छन्। संसद भवन नयाँ वानेश्वरको ल्होत्से हलमा संविधानविद्,कानुनी एवं न्यायिक क्षेत्रका विज्ञसँग छलफल गरिरहेका हुन्। यसअघि सभामुख सापकोटाले प्रतिनिधिसभाको विघटनका विषयमा पूर्वसभामुखहरूसँग परामर्श गरेका थिए।

पूर्व सभामुखसँग परामर्श गर्दै सभामुख अग्नि सापकोटा

प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले पूर्व सभामुखसँग परामर्श गर्दैछन् । संघीय संसद सचिवालयमा दिउँसो १ बजेका लागि छलफल डाकिएको नेपाली कांग्रेसका नेता एवं पूर्व सभामुख रामचन्द्र पौडेलले जानकारी दिए । यही जेठ ८ गते प्रधानमन्त्री केपी शर्मा ओलीले दोश्रो पटक गरेको प्रतिनिधि सभा विघटन लगायत समसामयिक बिषयमा बैठकमा छलफल हुने सभामुख सापकोटाको सचिवालयले जनाएको छ ।  २०४८ साल यता दमननाथ ढुङ्गाना, रामचन्द्र पौडेल, तारानाथ रानाभाट, सुवास नेम्वाङ, ओनसरी घर्ती, कृष्णबहादुर महरा पूर्व