भोजपुर माओवादीमा भाँडभैलो- गुट चलाएको भन्दै सुदनविरुद्ध नेताहरूको काेकाेहाेलाे

भोजपुर । नेकपा माओवादी केन्द्र भोजपुरमा नेताहरूबीच खटपट बढेको छ । वडा तथा पालिका अधिवेशन चलिरहेको बेला प्रतिनिधिसभा सांसद एवं केन्द्रीय सदस्य सुदन किरातीको कार्यशैलीलाई लिएर नेताहरूले आफ्नो असन्तुष्टि सामाजिक सञ्जालमा छताछुल्ल पारेका हुन् । पार्टीका कोशी प्रदेश सचिवालय सदस्य एवं भोजपुर जिल्ला सह इन्चार्ज विमल खड्काले स्वचालित र चलायमान कमिटी बनाउन सार्वजनिक अपिल गरेका […]

सम्बन्धित सामग्री

उदयपुरमा आठ वटा पुल अलपत्र

हिमाली क्षेत्रका जिल्लालाई उदयपुरसँग जोड्ने गरी सुनकोशी नदीमा एक दशकअघि निर्माण सुरु गरिएका विभिन्न आठ वटा ठुला पक्की पुल निर्माणको काम अलपत्र परेको छ । पहाडी जिल्लाहरूलाई तराईसँग जोड्न सुनकोशी नदीमा निर्माण गर्न थालिएका आधा दर्जन पुलको काम बिचैमा अलपत्र हुँदा चार जिल्लाका बासिन्दाले कोशी नदी वारपार गर्न निकै ठुलो सास्ती खेप्दै आएका छन् । आमनिर्वाचनका व्रmममा मत बटुल्ने अस्त्र बन्ने गरेको कोशीमा निर्माणाधीन पुलहरू दलका नेताहरूको शिलान्यास गर्ने होडले उदयपुर र उदयपुरसँग सीमा जोडिएका पहाडी जिल्ला भोजपुर, खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुका बासिन्दाले सास्ती खेप्नु परेको हो ।

भोजपुर एमाले अध्यक्षमा शरण राई चयन

भोजपुर – नेकपा एमाले भोजपुरमा सर्वसम्मत पदाधिकारी चयन गरिएको छ । अध्यक्षका लागि चुनावकाे सम्भावना प्रबल रहेकोमा नेताहरूको पटक–पटकको कसरतपछी सहमतिमा नेतृत्व छानिएको हो । अध्यक्षमा शरणकुमार राई सर्वसम्मत हुनुभएकाे छ । माधव नेपालले नयाँ पार्टी खाेल्नुभएकाेमा असन्तुष्टि जनाउँदै राई एमालेमै बस्नुभएकाे थियाे । उहाँ एमालेमा रहँदा पालिकाका जनप्रतिनिधि र गाउँपालिका प्रमुखसहित ठूलो हिस्सा नेकपा एसमा जानबाट रोक्किएको थियो । अर्का दाबेदार मक्कर खड्कालाई उपाध्यक्षमा सहमति गराइएको छ । सर्वसम्मत भएका अन्य पदाधिक...