काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता भएको छ। अधिवक्ता समीर हायुले आइतबार अध्यक्ष प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दामा निवेदन दाएर गरेको सर्वोच्च अदालतका सञ्चार विज्ञ किशोर पौडेलले जनाकारी दिए। पौडेलका अनुसार निवेदन हिजै दर्ता भएको र भोलिका लागि पेसी तोकिएको छ। प्रतिनिधि सभा विघटन सम्बन्धी सर्वोच्च अदालतमा विचाराधीन मुद्दालाई गम्भीर रूपमा प्रभावित पार्ने कार्य भएको र स्वतन्त्