नेपालको घिउ जापान निर्यात

निजी क्षेत्रका डेरी उद्योगले घिउ जापान निर्यात गर्न थालेका छन् । कोशी प्रदेशमा रहेको सूर्योदय मिल्क एन्ड बेभरेज इन्डस्ट्रिज प्रालिले उत्पादन गरिरहेको घिउ जापान निर्यात गर्न सुरु गरेको नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रह्लाद दाहालले जानकारी दिनुभयो । दुग्धजन्य पदार्थको मौज्दात धेरै भएको र त्यसको बिक्रीका लागि भइरहेको प्रयासस्वरूप नेपालबाट जापानका लागि घिउ निर्यात भएको उहाँले बताउनुभयो । कोशी प्रदेश सरकारको उद्योग, कृषि तथा सहकारी मन्त्रालयको सहकार्यमा सूर्योदय मिल्क एन्ड बेभरेज इन्डस्ट्रिजले घिउ जापान निर्यात गर्न सुरु गरेको उहाँले जानकारी दिनुभयो ।

सम्बन्धित सामग्री

डीडीसी घिउ निर्यातमा वृद्धि

दूध विकास संस्थान (डीडीसी)ले उत्पादन गरेको घिउ जापान निर्यातमा वृद्धि भएको छ । चालू आर्थिक वर्षदेखि डीडीसीले आफ्नो घिउ जापान निर्यात गर्न थालेको हो । डीडीसीका बजार प्रबन्धक सञ्जीव झाका अनुसार हालसम्म औपचारिक रूपमा ३१ हजार लिटर घिउ जापान पठाइसकेको छ भने अनौपचारिक रूपमा पनि ३० हजार लिटरभन्दा बढी घिउ जापान पुगेको छ । अर्थात् यो आर्थिक वर्षको हालसम्म डीडीसीका ६१ हजार लिटर घिउ जापानको बजारमा पुगेको छ । डीडीसीले नेपालकै एक व्यापारीसँग सम्झौता गरी घिउ जापान पठाइरहेको छ ।