दूध विकास संस्थान (डीडीसी)ले उत्पादन गरेको घिउ जापान निर्यातमा वृद्धि भएको छ ।
चालू आर्थिक वर्षदेखि डीडीसीले आफ्नो घिउ जापान निर्यात गर्न थालेको हो । डीडीसीका बजार प्रबन्धक सञ्जीव झाका अनुसार हालसम्म औपचारिक रूपमा ३१ हजार लिटर घिउ जापान पठाइसकेको छ भने अनौपचारिक रूपमा पनि ३० हजार लिटरभन्दा बढी घिउ जापान पुगेको छ । अर्थात् यो आर्थिक वर्षको हालसम्म डीडीसीका ६१ हजार लिटर घिउ जापानको बजारमा पुगेको छ । डीडीसीले नेपालकै एक व्यापारीसँग सम्झौता गरी घिउ जापान पठाइरहेको छ ।