भदौ २७, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतवार बजार खुलेको साढे दुई घण्टामा राष्ट्रिय बीमा कम्पनीसहित चार ओटा कम्पनीको शेयरमूल्य १० प्रतिशतका दरले वृद्धि भएको छ ।
कारोबारमा आएका २२३ ओटा कम्पनीमध्ये राष्ट्रिय बीमा कम्पनी,छ्याङदी हाइड्रोपावर,लिवर्टी इनर्जी कम्पनी र सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको शेयर १० प्रतिशतका दरले वृद्धि भएको हो ।
ती चार ओटै कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो । राष्ट्रिय बीमा कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. २० हजार १३२,छ्याङदी हाइड्रोपावरको रू.६२५ दशमलव ९०, लिवर्टी इनर्जी कम्पनीको रू. ४५९ दशमलव ८० र सानिमा लाइफ इन्स्योरेन्सको शेयर मूल्य रू. ६०१ दशमलव ८० पुगेको हो ।
बजार बढेसँगै क्रेता बढी हुँदा ती कम्पनीको शेयरमूल्यमा वृद्धि भएको हो ।