प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार संविधानको धारा ७६ को (१) अनुसारको भएको दाबी गरेका छन् ।
कुनै कालखण्डमा ७६ को (२) अनुसार बनेको भएपनि दुईवटा पार्टी एकीकरण भएपछि आफू सर्वसम्मत संसदीय दलको नेता बनेकाले सरकार धारा ७६ (१) मा परिणत भएको ओलीको दाबी छ ।
आइतवार राष्ट्रिय सभा बैठकमा नेपाली कांग्रेसका सांसद रमेशजंग रायमाझीले सोधेको एक प्रश्नको जवाफमा ओलीले आफू एउटै दलको बहुमतको प्रधानमन्त्री भएको बताए ।
फागुन ३ गते सरकार बन्दा दुई वा दुईभन्दा बढी दलको समर्थनमा बनेको भएपनि पार्टी एकतापछि परिस्थिति बद...