बहुमतीय सरकार गठनका लागि राष्ट्रपति विद्या भण्डारीले दिएको समय सीमा सकिएको छ । संविधानको धारा ७६ को २ अनुसार सरकार गठनका लागि राष्ट्रपति भण्डारीले आज राति ९ बजेसम्मको समय दिएर सोमवार आह्वान गरेकी थिइन् ।
नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाको उपेन्द्र यादव पक्षले वैकल्पिक सरकार गठनको लागि प्रयास गरेपनि त्यो सार्थक बन्न नसकेको हो । धारा ७६ को उपधारा २ अनुसारको सरकार बन्न नसकेपछि अब धारा ७६ को उपधारा ३ अन्तरगत प्रतिनिधि सभाको ठूलो दल नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त हुने बाट...