धनगढी उपमहानगरले भन्यो : कोरोनाबाट बच्न बेसार, बोझो र लसुन खानू !

काठमाण्डाै – चीनबाट फैलिएको कोरोना भाइरसको औषधि र उपचार पद्धति अहिलेसम्म पत्ता लागेको छैन । तर कैलालीको धनगढी उपमहानगरपालिकाले उदेकलाग्दो सूचना सार्वजनिक गरेको छ । कोरोना भाइरसको सङ्क्रमणको जोखिमबाट बच्न भन्दै उपमहानगरपालिकाले बेसार, बोझो र लसुन धेरै खान सुझाव दिएको छ । उपमहानगरपालिकाका नगरप्रमुख नृपबहादुर व...

सम्बन्धित सामग्री

‘जडीबुटी मात्रा मिलाएर खाँदा शरीरमा भएको विषादी हटाउन मद्दत गर्ने

गुर्जो, असुरो, वन हलेदो, सिमली, पारिजात, लसुन, प्याज, चिराइतो, पाँचऔले, निरमसी जस्ता जडीबुटीले शरीरमा भएको विषादी हटाउन मद्दत गर्ने भएकाले मात्रा मिलाएर यसको खानुपर्नेमा जोड दिइएको छ ।  गुर्जो र बेसारजस्ता जडिबुटीकै विषयमा ५०० भन्दा बढी अनुसन्धान गरी मानव शरीरमा रोग प्रतिरोधी क्षमता बढाउन सहयोग गर्ने प्रमाणित भएको ब्राह्मण समाज नेपालले आज जुम प्रविधिबाट आयोजना गरेको महामारी र आयुर्वेद विषयक प्रवचन कार्यक्रममा आयुर्वेद चिकित्सक डा ऋषिराम कोइरालाले बताउनुभयो । भारतमा कोरोनाबाट बच्न जडिबुटीको औषधी दिने पाँच लाख आरोग्य धाम निर्माण भएको पनि उहाँले जानकारी दिनुभयो । त्यस्ता धाम नेपालमा पनि खोलिनुपर्ने उहाँको भनाई थियो ।     मानिसको दैनन्दिनी, के खाने ? के नखाने ? जस्ता विषयमा ध्यान दिएर पनि कोरोनाजस्ता महामारीबाट बच्न सकिने आयुर्वेदका चिकित्सकको सुझाव छ । कोरोनाका बिरामी राखिएका अस्पतालका नर्सले पनि योग र प्राणायाम गराएका उदाहरण सुनाउनुहुँदै चिकित्सक कोइरालाले सूर्य नमस्कार, हिँडडुलजस्ता योग आसन एवं व्यायामले पनि मानव शरीरमा रोगसँग लड्ने क्षमता विकास गर्ने सुनाउनुभयो ।

कोरोना भाइरसको उपचार विधि : हल्ला र वास्तविकता

काठमाण्डौ - कोभिड नाईन्टिन अर्थात कोरोना भाइरसको जोखिमबाट बचाउने तथा औषधि  हुने भन्दै सामाजिक सञ्जालमा विभिन्न वस्तुको प्रचार भैरहेको छ ।धनगढी नगरपालिकाले त कोरोनाबाट जोगिन बोझो, बेसार र लसुन खान औपचारिक आग्रह नै गर्‍यो । तर यस्ता वस्तुले कोरोना रोक्न वा निको पार्न भूमिका निर्वाह गर्ने कुरा कतै पुष्टि भएको छैन ...