गत वर्षको तुलनामा अहिले सुक्खा अलैँचीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ ।
पोहोर प्रतिमन (४० केजी) ३२ हजार रुपियाँसम्ममा बिक्री भएकामा अहिले ४४ हजार रुपियाँसम्ममा किनबेच भइरहेको छ । यो अघिल्लो वर्षको तुलनामा २७ प्रतिशतले बढी हो । यो मूल्य असोज कात्तिकमा ५१ हजार रुपियाँसम्म पुगेको थियो ।
तीन वर्षअघि प्रतिमन २०–२२ हजार रुपियाँ हुने गरेको अलँैचीको मूल्य त्यसपछि क्रमशः बढिरहेको छ । अलैँचीले भाउ पाउन थालेको धेरै भएको छैन । २०५५/५६ सालदेखि अलैँचीको मूल्य बढ्दै गएर एक लाख रुपियाँ पुग्न थालेको हो । अलैँचीको भाउ २०...