कोरोना भाइरसको सङ्क्रमण घट्दै गएकाले खोप लगाउन चाहनेको सङ्ख्या निकै कम हुन थालेको छ । अब सङ्क्रमणले दुःख दिन्न भन्ने सोचले खोप लगाउन मानिस अनिच्छुक देखिएका छन् ।
सरकारले चैतभरिमा पूर्ण खोप लगाउने घोषणा गरेको छ । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन हुनुभन्दा पहिले सबै मतदाताले पूर्ण खोप लगाउनुपर्ने बताएको थियो । हाल लक्षित जनसङ्ख्याको ८१.८ प्रतिशतले पूर्ण खोप लगाइसकेका छन् भने ९३.२ प्रतिशतले पहिलो मात्रा खोप लगाएका छन् ।