वैशाख ९, काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक(निफ्रा) लिमिटेडले चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण शुक्रवार सार्वजनिक गरेको छ ।
उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा १७ दशमलव ६ प्रतिशतले वृद्धि भएको छ । गत आवको तेस्रो त्रैमाससम्ममा रू. ५८ करोड ९२ लाख नाफा कमाएको उक्त कम्पनीले चालू आवको सोही अवधिमा बढेर रू.६९ करोड ४५ लाख नाफा कमाएको छ ।
चालू आवको तेस्रो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढेको हो । गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा खुद ब्याज आम्दानी ३८ प्रतिशत र सञ्चालन नाफा १८ दशमलव ७५ प्रतिशतले वृद्धि भएको छ । कम्पनीको चुक्तापूँजी रू. २१ अर्ब ६० करोड रहेको छ ।
चालू आवको तेस्रो त्रैमाससम्ममा कम्पनीले जगेडामा रू. १ अर्ब ४० करोड सञ्चित गरेको छ । कम्पनीको प्रतिशेयर आम्दानी भने गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा घटेको छ । गत आवको तेस्रो त्रैमासमा कम्पनीको प्रतिशेयर आम्दानी रू. ५ दशमलव शून्य २ रहेकोमा चालू आवको सोही अवधिमा ४ दशमलव २९ रुपैयाँमा सीमित भएको छ ।
त्यसैगरी कम्पनीको मूल्य आम्दानी अनुपात ७३ दशमलव ७० गुणा र प्रतिशेयर नेटवर्थ रू. १०६ दशमलव ५१ रहेको छ ।