कास्की – नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गतको महिला हक्कीमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले स्वर्ण पदक जितेको छ ।
पोखरामा आज बुधवार भएको फाइनल खेलमा गण्डकी प्रदेशलाई टाइब्रेकरमा ३–० गोल अन्तरले हराउँदै आर्मीले स्वर्ण पदक जितेको हो । टाइब्रेकरमा आर्मीका लागि सीताकुमारी चौधरी, सरस्वती तामाङ र सीतामाया बलले गोल गरे ।
त्यसअघि खेलको नवौँ मिनेटमा आर्मीकी सरस्वती तामाङले १ गोल गरेकी थिइन् । त्यसको दुई मिनेटपछि गण्डकीको तर्फबाट सबिना पुन रानाले गोल थपिन् । खेल १–१ को बराबरीमा पुगेपछि टाइब्रेकरमा प...