काठमाडौं, जेठ १८ । काठमाडौं महानगरपालिकाका मेयर वालेन्द्र साहले राजधानीको फोहोर विसर्जन गर्न सिसडोल र बन्चरेडाँडा ल्यान्डफिल साइटका स्थानीयसँग सोमबार राती १० बजेसम्म अनौपचारिक वार्ता गरेका थिए । वार्तामा स्थानीय दलका केही कार्यकर्ता र मेयर साहका सचिवालयका कर्मचारी मात्र थिए । सरकारसँग वार्ताको विषयमा महत्वपूर्ण भूमिका खेलेका स्थानीय संघर्ष समितिका संयोजक श्रीराम ढुंगानालाई बोलाइएको थिएन […]