चलचित्रकर्मीले विदेशी चलचित्र प्रदर्शनमा मापदण्ड बनाएर नेपाली चलचित्र प्रदर्शनलाई विशेष प्रथामिकता दिनुपर्ने जोड दिएका छन् । आइतबार नेपाल चलचित्र कलाकार संघले आयोजना गरेको ‘नेपाली चलचित्र क्षेत्रका समस्या र चलचित्रकर्मीहरुको अवस्था’ विषयक अन्तरक्रियामा कलाकर्मीले विदेशी चलचित्रको चलखेलका कारण नेपाली चलचित्रपछि परिरहेको धारणा समेत राखे ।संघका अध्यक्ष रविन्द्र खड्काको अध्यक्षतामा आयोजित कार्यक्रममा चलचित्र विकास बोर्डका सदस्य सचिव टंक महतले विकास बोर्डले समग्र चलचित्र उद्योग र चलचित्रक