प्रदेश नं २ मा कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि स्वाबको नमूना सङ्कलन निरन्तररूपमा भइरहेको छ । यस प्रदेशमा शनिबार मध्याह्नसम्ममा दुई हजार ४१० को स्वाबको नमूना सङ्कलन गरिएको छ । सोमध्ये एक हजार ९१० को परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ भने ५०० जनाको रिपोर्ट आउन बाँकी छ ।