पर्यटन बोर्डले सुरु गर्यो रिभर गाइडको लाइसेन्सिङ तालिम, ४० जना जनशक्ति तयार हुँदै
काठमाडौं। नेपाल पर्यटन बोर्डले जीविकोपार्जन पुनरुत्थान कार्यक्रमअन्तर्गत ४० जना रिभरगाइड तयार गर्ने भएको छ। संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमसँगको सहकार्यमा
पनौती- काभ्रेपलाञ्चोकको पनौतीमा घुम्न आउने पर्यटकलाई सिटी गाइडले सहयोग गर्ने भएका छन् । यहाँको महत्त्व, ऐतिहासिक, धार्मिक एवं सांस्कृतिक पक्षलाई चिनाउनका लागि पर्यटकलाई सहयोग गर्ने उद्देश्यले सिटी गाइडको व्यवस्था गर्न पनौती पर्यटन विकास केन्द्रले आवश्यक पहलकदमी अगाडि बढाएको हो । जनशक्ति उत्पादन गर्ने उद्देश्यले नगरभित्रका २२ जनालाई सिटी गाइडसम्बन्धी पाँच दिने प्रशिक्षण दिइएको छ । […]
लुम्बिनी । ‘पसलमा राखिएका हस्तकलाका सामग्रीहरू विक्री नभएको २० दिन बितेको छ,’ लुम्बिनी बसपार्कस्थित सिद्धार्थ ह्यान्डी क्राफ्टसका सञ्चालक विष्णुबहादुर बस्नेतले भने, ‘वैकल्पिक व्यवसाय पनि छैन, गुजारा चलाउनै गाह्रो छ ।’ व्यवसायको आम्दानीबाट बिजुली, पानी र सटरभाडाको जोहोसमेत गर्न नसकेको उनले दुखेसो पोखे ।
पिन्टुलाल बनियालाई पनि होटेल ग्रिन लुम्बिनी भ्यू कसरी सञ्चालन गर्ने भन्ने चिन्ताले सताएको छ । ‘रु पाँच करोडको लागतमा आठ वर्षअघि निर्माण गरेको होटेलले आम्दानीले खर्च धान्न छाडेको छ, लगानी त परै जाओस् सञ्चालन खर्च समेत धान्न गाह्रो छ,’ उनले भने, ‘मौसमी कमाईले वर्ष दिन धान्नुपर्ने बाध्यता छ ।’ यही अवस्था रहेमा होटल बन्द गर्नुबाहेक उनले अर्को विकल्प देखेका छैनन् ।
केही समययता देखिएको आर्थिक मन्दीको असर धेरैतिर परेको अर्का व्यवसायी अब्दुल मोबिन बताउँछन् । ‘केन्द्रीय नहरमा डुङ्गा चलाउन ठेक्का लिएकै वर्ष कोरोनाले थला पारेको व्यवसाय सुध्रन दुई वर्ष कुर्नुप¥यो,’ ठेकेदार (डुङ्गा सञ्चालक) अब्दुल मोबिन मुसलमानलले भने, ‘अवस्था सुधारात्मक छ, पर्यटकको सङ्ख्या पनि बढ्दो छ । तर, दुई वर्षको घाटा पूर्तिको विकल्प छैन ।’
लुम्बिनीमा प्रतिवर्ष हजारौं तीर्थयात्री धार्मिक पूजा–अर्चना तथा अध्यात्म पाठ गर्न आउँछन् । ठेकेदार मुसलमानलले भने, ‘संसारभरका बुद्धमार्गीहरूका लागि पवित्र गन्तव्य लुम्बिनीभित्र प्रवेश, बहिर्गमन मार्ग र व्यवसाय स्थलको तालमेल नमिल्दा लाभ लिन सकिएको छैन ।’
सन् २०२३ को जनवरीदेखि मे महीनासम्म कूल चार लाख ७० हजार पाँच सय ४२ पर्यटक लुम्बिनी भित्रिएका छन् । गत वर्ष सन् २०२२ को यसै पाँच महीनामा तीन लाख ६२ हजार ५६ जनाले लुम्बिनी भ्रमण गरेका थिए । यसरी गत वर्षको भन्दा यस वर्षको सङ्ख्या एक लाख आठ हजार चार सय ८६ ले बढी रहेको तथ्याङ्क छ ।
‘लुम्बिनीमा पर्यटकको सङ्ख्या उल्लेख्य मात्रामा बढे पनि व्यापार भने बढ्न सकेको छैन,’ लुम्बिनी पर्यटन व्यवसायी सङ्घका अध्यक्ष ५८ वर्षीय हुसेनी लोधले भने, ‘लुम्बिनीको प्रमुख पर्यटकीय गन्तव्य बुद्ध जन्मस्थल (मायादेवी मन्दिर)देखि बसपार्क छेउमा रहेको हाम्रो व्यवसाय स्थलको दूरी झण्डै दुई किमी छ, जुन त्यसै पनि व्यवसायका लागि हितकर छैन ।’
लुम्बिनी घुम्न आउने जोसुकैले कम्तीमा एकपटक मायदेवी मन्दिर पस्ने नै भएकाले पर्यटन व्यवसायीलाई सोही नजिक व्यवसाय सञ्चालन गर्न पुनः व्यवस्था मिलाउनु पर्ने उनको माग छ । अहिलेको व्यवसाय स्थल र पर्यटकको सम्बन्ध व्यावहारिक नरहेको उनको भनाइ छ । ‘विसं २०६९ अघि मायादेवी मन्दिर नजिक सञ्चालनमा रहेका पर्यटन व्यवसाय राम्रै चलेको थियो । तर, त्यसपछि सञ्चालनमा सहज भएको छैन,’ अध्यक्ष लोधले भने ।
‘लुुम्बिनी विकास कोषले २०६९ सालमा व्यवसायीको सङ्ख्या ३४ बाट बढाएर ७० पु¥याई बसपार्क छेउमा ल्याएर राखेपछि नै व्यवसाय बिग्रिएको हो,’ लोधले भने, ‘२०६९ सालदेखि हामी पीडित छौं, पछिल्लो दुई वर्ष त कोरोनाले भ्यायो । पहिला मायादेवी मन्दिर नजिकको ठाउँमा दैनिक रु पाँच हजारसम्म व्यापार हुन्थ्यो, अहिले शून्य छ ।’ पर्यटक नै नहुने ठाउँमा घाटाको व्यवसाय गर्नुको कुनै औचित्य नरहेको उनको भनाइ छ ।
लुम्बिनीका व्यवसायीहरूले यहाँ भ्रमणमा आउने भारतीय पर्यटकहरूबाट खासै लाभ लिन सकेका छैनन् । भारतीय ट्राभल एजेन्सी र टुर गाइडहरू पर्यटकहरूलाई सिधै गाडीबाट ल्याउने र दुई÷तीन घण्टा घुमाएर पुनः स्वदेश फर्काउने गरेकाले यहाँका व्यवसायीले सोचेअनुरुप लाभ लिन नसकेका हुन् । ‘पर्यटकहरु हुर्रर आउँछन्, मायादेवी मन्दिर दर्शन गर्छन्, फोटो खिच्छन् र उही दिन फर्किहाल्छन्,’ लुम्बिनी होटेल सङ्घका अध्यक्ष गोविन्द ज्ञवाली भन्छन्, ‘यसरी लुम्बिनी आउने पर्यटकको हुल हेर्ने र सङ्ख्या गनेर बस्ने मात्रै भयौं, व्यवसायमा सुधार हुन सकेन ।’
लुम्बिनी होटेल सङ्घका अध्यक्ष ज्ञवाली लुम्बिनी घुम्न आउने पर्यटकको बसाइँ लम्बाउने योजना र वातावरण मिलाउन नेपाल सरकार र लुम्बिनी विकास कोषसँग आग्रह गर्छन् ।
कम्तीमा एक रात मात्रै बास बसाल्ने वातावरण बनाउन सके पनि धेरै लाभ हुने उनको तर्क छ । ‘भारतीय ट्राभल एजेन्सी र टुर गाइडको भर पर्दा यहाँ भारतीय पर्यटक बस्ने वातावरण नबनेको हो,’ अध्यक्ष ज्ञवालीले भने, ‘त्यसैले बेलहिया आइसकेपछि नेपाली टुर गाइडमार्फत भ्रमण नगराउँदासम्म यहाँ पर्यटकलाई एक रात पनि अडाउन सकिन्न ।’
यसैगरी लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिष्ट्रार डा. तिलक आचार्यले बुद्ध जन्मस्थल लुम्बिनीलाई बुद्धको जीवनीसँग सम्बन्धित तिलौराकोट, रामग्राम र देवदहलाई जोडेर बृहत् अध्यात्मिक केन्द्र र शान्ति शहरको रूपमा विकास गर्न सके पर्यटकको बसाइँ लम्ब्याउन सकिने र व्यवसायीले पनि लाभ लिन सक्ने बताए । उनी भन्छन्, ‘पर्यटकका लागि अत्यावश्यक सामग्रीको सहज उपलब्धता, शान्ति र सुरक्षाको प्रत्याभूति तथा आनन्दको अनुभूति दिने खालका अध्यात्मिक वातावरण तथा सोही अनुकूल भौतिक पूर्वाधार सिर्जना गर्न सकियो भने पर्यटन व्यवसाय वृद्धि हुने निश्चित छ ।’
‘आन्तरिक र बाह्य दुवै पर्यटकलाई लुम्बिनी आउँदा धेरै दिन भुलाउन मिल्ने छुट्टै आध्यात्मिक वातावरण र भौतिक पूर्वाधार चाहिन्छ,’ लुम्बिनी सांस्कृतिक नगरपालिकाका पूर्वप्रमुख मनमोहन चौधरीले भने, ‘लुम्बिनीको बृहत्तर विकासका लागि यस क्षेत्रका अन्य महत्त्वपूर्ण पर्यटकीय स्थललाई समेत जोडेर ‘टुर प्याकेज’ बनाउन सक्नुपर्छ ।’
उनले बौद्धमार्गी भएका विश्वका ३० भन्दा बढी देशमध्ये सम्भव भएका देशहरूमा गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट सिधा उडान भरेर धेरै पैसा खर्च गर्न सक्ने गुणस्तरीय पर्यटक तान्न सरकारी पहलको खाँचो औंल्याए ।
लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्री सन्तोष पाण्डेयले लुम्बिनीमा पर्यटकको बसाइँ लम्ब्याउन तीनै तहका सरकारबीच सहकार्य भइरहेको बताउँछन् । लुम्बिनी आउने पर्यटकलाई लुम्बिनी वरपरका पुरातात्विक तथा धार्मिक स्थल अवलोकन गराउने वातावरण मिलाउनुपर्ने उनको भनाइ छ ।
भगवान गौतम बुद्धसँग सम्बन्धित ठाउँहरूमध्ये अन्यत्रभन्दा फरक लुम्बिनीको पहिचान र चिनारी राम्रोसँग दिन सक्यौं भने मात्रै पर्यटक रमाउने र खर्च गर्ने पूर्व नगरप्रमुख मनमोहन चौधरीले बताउँछन् । भारतको बोधगया, कुसीनगर, सारनाथ, अयोध्या, हरिद्वार र बनारसलगायतका सहरमा लुम्बिनीको बजारीकरण गरेर यहाँको पर्यटन प्रवर्द्धन गर्न सकिने उनको भनाइ छ ।
उनले सरकारी निकायले लुम्बिनीको महत्त्वलाई अझ गहिरोसँग बुझ्न आवश्यक रहेको बताए । उनले लुम्बिनी एक÷दुई दिन घुमेर पुग्ने ठाउँ होइन, लुम्बिनी आउने कुनै पनि देशका पर्यटकले लुम्बिनी घुम्न र बुझ्न समय लाग्ने बताए । उनले भने, ‘लुम्बिनी विश्वकै अति महत्त्वपूर्ण, पवित्र र अलौकिक स्थल हो, यसको भ्रमण गर्न जोसुकैका लागि कम्तीमा पनि एक हप्ता चाहिन्छ ।’
लुम्बिनी विकास कोषका सूचना अधिकृत हरिध्वज राईले पर्यटकीय विभिन्न सम्पदाहरूको निर्माणका कार्यहरू भइरहेकाले विस्तारै पर्यटकहरूको आकर्षण बढ्ने बताए । यसको लागि तीनै तहका सरकार, निजी व्यवसायीको सहकार्य गर्नुपर्ने उनको जोड छ ।
सूचना अधिकृत राईका अनुसार लुम्बिनी भ्रमणमा आउने अधिकांश आन्तरिक पर्यटकको बसाइँ एक दिनको पनि नभएको तर तेस्रो मुलुकका पर्यटकको बसाइँ अवधि विगतभन्दा बढ्दै गएर औसतमा १.८८ दिन पुगेको छ ।
कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठी (भिक्षु मेत्तेय)ले लुम्बिनीमा पर्यटक सङ्ख्यामा वृद्धि हुनुले विश्व समुदायमा विस्तारै लुम्बिनीको प्रचारप्रसार बढ्दै गएको बताउँछन् । रासस
२३ असार, काठमाडौं । नेपाल पर्यटन बोर्डले जीविकोपार्जन पुनःउत्थानका लागि दीगो पर्यटन परियोजना अन्तर्गत ४० जना युवालाई रिभर गाइड तालिम दिन थालेको छ । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) सँगको सहकार्यमा बोर्डले रिभर गाइड तालिम दिन थालेको हो । बुधबारदेखि नेपाल एकेडेमी अफ टुरिजम एन्ड होटल म्यानेजमेन्ट (नाथम) काठमाडौंमा सात दिने रिभर गाइडको लाइसेन्सिङ तालिम […]
काठमाडौं : नारायणहिटी दरबार क्षेत्रमा सोमबार हातमा साबेल, खुर्पा, खुकुरी, कैंची लिएर केही व्यक्ति झाडी फाँडिरहेका थिए। वर्षा याममा उम्रिएका झार फाँडेर दरबार क्षेत्र सरसफाइ गरिरहेका व्यक्तिहरु भने पेशाले सरसफाइकर्मी होइनन्। उनीहरु त पर्यटन क्षेत्रका कामदार हुन्।तर‚ कोरोना महामारीका कारण लामो समय बेरोजगार भएकाले उनीहरु रोजगारीको खोजी गर्दै नारायणहिटी दरबार क्षेत्रमा पुगेका हुन्। त्यहाँ सिन्धुपाल्चोक घर भएका ६१ वर्षीय उत्तरबहादुर घले भेटिए। तीन दशक पर्यटन क्षेत्रमा ट्रेकिङ गाइड
चितवन । सौराहाका नेचर गाइडहरूले कोरोनाविरुद्धको खोप लगाउन पाउनुपर्ने माग गरेका छन् । पर्यापर्यटन व्यवसायमा नेचर गाइडले अग्रपंक्तिमा रहेर काम गर्नुपर्ने भन्दै नेचर गाइड एशोसिएशन, चितवनले शनिवार सौराहामा पत्रकार सम्मेलन गर्दै खोप उपलब्ध गराउनुपर्ने लगायत माग सरकारसँग गरेका हुन् । कार्यक्रममा संघका अध्यक्ष राजेन्द्र धामीले खोपका लागि आफूहरूले पटक पटक अनुरोध गर्दा पनि सरकारले बेवास्ता गरेको बताए । ‘अब निषेधाज्ञा पनि खुकुलो भयो । पर्यटन व्यवसाय पनि केही खुकुलो हुँदै गएको छ । अब हामीले पनि खोप लगाउन पाउनुपर्यो,’ उनले भने । पर्यटकलाई कोभिडको जोखिमबाट सुरक्षा महसूस गराउन र संक्रमण न्यूनीकरणका लागि पनि खोप उपलब्ध गराउनुपर्ने उनको भनाइ थियो ।
नेचर गाइडहरूले लाइसेन्स नवीकरण शुल्क मिनाहा हुनुपर्ने, आफ्नो काम तत्काल गर्न पाउनुपर्ने, नभए विकल्प दिनुपर्ने र यसलाई व्यावसायिक एवं मर्यादित बनाउन कार्यविधि बनाउन समेत माग गरेका छन् ।
संघका पूर्वअध्यक्ष एवं सल्लाहकार उदयचन्द्र अर्यालले ट्रेकिङ गाइड र टुर गाइडलाई खोप दिइएको, तर नेचर गाइडलाई विभेद गरिएको गुनासो गरे । ‘खोप पाइएको छैन, काम पाइएको छैन । दक्ष जनशक्ति पलायन भएका छन्,’ उनले भने, ‘नेचर गाइडलाई सरकारबाटै बेवास्ता गरियो ।’
पर्यटन क्षेत्र चलायमान भएको अवस्थामा नेचर गाइडले मासिक २० हजारदेखि ७० हजारसम्म आम्दानी गर्दै आएकोमा गत सालदेखि नै अधिकांश नेचर गाइडले पेशा नै परिवर्तन गर्नुपरेको अर्यालको भनाइ छ । पर्यटन क्षेत्रमा दक्ष नेचर गाइडको अभाव रहेको भन्दै उनले देशको पर्यटन प्रवर्द्धन र संरक्षणमा सचेतना जगाउन नेचर गाइडको भूमिका महत्त्वपूर्ण हुने बताए ।
संघमा आबद्ध नेचर गाइड ७०० भन्दा बढी छन्, जसमध्ये व्यावसायिक नेचर गाइड करीब ५०० जना छन् । यीमध्ये ४०० जनाले सौराहालाई कार्यक्षेत्र बनाएका छन् भने बाँकी अन्य पर्यटकीय क्षेत्र मेघौली, पटिहानी, माडी, नवलपुरको माडी लगायत पर्यटकीय क्षेत्रमा आधारित छन् ।
सोलुखुम्बु : सगरमाथा आधार शिविरतर्फ झर्ने क्रममा एक नेपाली गाइडको मृत्यु भएको छ। क्याम्प १ र २ को खरपासमा लडेर २७ वर्षीय पेम्बा टासी शेर्पाको मृत्यु भएको पर्यटन विभागकी निर्देशक मिरा आचार्यले जानकारी दिइन्।उनका अनुसार मंगलबार विहान ५ बजे आधार शिविरतर्फ झर्ने क्रममा लडेर मृत्यु भएको हो। विहानको समयमा घटना भएकाले उद्धार गर्न नसक्दा घटनास्थल मै ज्यान गएको पर्यटन विभागले जनाएको छ।उनको शवलाई तल झार्ने तयारी भइरहेको निर्देशक आचार्यले बताइन्। संखुवासभा घर भएका क्लाइम्बिङ गाइड शेर्पा ट्याग नेपाल ट्रेक्स