नेपाल टेलिकमको प्रबन्ध निर्देशक पदमा सुनिल पौडेल नियुक्त भएका छन् । आज बसेको मन्त्रिपरिषद्को बैठकले पौडेललाई टेलिकमको प्रबन्ध निर्देशक पदमा नियुक्त गर्ने निर्णय गरेको हो । सञ्चार मन्त्रालयका सचिव वैकुण्ठ अर्यालको नेतृत्वमा गठित छनौट तथा सिफारिस समितिले टेलिकमको प्रबन्ध निर्देशक पदमा नियुक्तिको लागि संगीता पहाडी अर्याल, सुरज सिंह थापा र सुनिल पौडेलको नाम सिफारिस गरेको थियो । ति मध्येबाट सरकारले पौडेललाई टेलिकमको प्रबन्ध निर्देशक पदमा नियुक्त गर्ने निर्णय गरेको हो । पहाडी र थापा टेलिकमकै निर्देशक पदमा कार्यरत थिए भने पौडेल बाहिरबाट सिफारिसमा परेका थिए। पौडेल हाल संचार मन्त्रालय अन्तर्गत कै राष्ट्रिय सूचना प्रविधि केन्द्रको कार्यकारी निर्देशक पदमा कार्यरत छन् । पहिलो पटक टेलिकममा टेलिकम बाहिरको व्यक्तिलाई प्रबन्ध निर्देशक पदमा नियुक्त गरिएको हो । टेलिकम भित्रकै कर्मचारीलाई प्रवन्ध निर्देशक बनाउन माग गर्दै कर्मचारीहरु आन्दोलित भए कै बेला सरकारले टेलिकममा टेलिकम बाहिरको व्यक्तिलाई प्रबन्ध निर्देशक पदमा नियुक्त गरेको हो ।