सहजै पशुपतिनाथ दर्शन गर्न पाइयो : भक्तजन

काठमाडौं : पशुपतिनाथमा दर्शन गर्ने राम्रो व्यवस्था गरिएको भन्दै दर्शनार्थीले खुशी व्यक्त गरेका छन्।महाशिवरात्रिको अवसर पारेर मंगलबार बिहानै पशुपतिनाथ दर्शन गर्न पुगेका दर्शनार्थीले सहज र आनन्द हुनेगरी दर्शन गर्ने व्यवस्था गरेको भन्दै खुलेर प्रशंसा गरेका हुन्।काठमाडौं कलंकीकी नारायणी खड्काले धेरै आनन्दसँग पशुपतिनाथको दर्शन गर्न पाइएको बताइन्। ज्येष्ठ नागरिकसहित दर्शन गर्न पुगेकी उनले दर्शन गर्नेहरूले विगतमा जस्तो भिड व्यहोर्नु नपरेको अनुभव पनि सुनाइन्।धेरै व्यवस्थित ढंगले पशुपतिनाथको दर्शन गर्ने

सम्बन्धित सामग्री

महाशिवरात्रिमा करीब १० लाख भक्तजनले गरे पशुपतिनाथ दर्शन

फागुन १८, काठमाडौं । साँझ परिसकेको थियो, चिसो स्याँठले निरन्तर हानिरहेको थियो, तर पनि बिजुली बत्तीले झिलीमिली बनेको पशुपति क्षेत्रमा भक्तजनको भीड घट्नुको सट्टा बढिरहेको थियो । महाशिवरात्रिका अवसरमा मंगलवार बेलुकीको यो दृश्य बुधवार बिहानसम्म कायमै रहेको पशुपति क्षेत्र विकास कोषले जानकारी दिएको छ । महाशिवरात्रि भएकाले रातभर मन्दिर बन्द गरिएन । मूल सडकबाट मन्दिर क्षेत्र प्रवेश गर्ने मूलढोका पनि राति बन्द भएन । मंगलवार बेलुकी सूर्यास्तपछि शुरु भएको महाशिवरात्रिको चार प्रहरको पूजाआज बुधवार बिहान ५:१० बजे सकिएको मन्दिरभित्र कार्यरत कोषका वरिष्ठ सहायक वरुण खतिवडाले जानकारी दिए । महाशिवरात्रिका अवसरमा पशुपतिनाथलगायत देशभरका शिवालयमा मंगलवारदेखि शुरु भएको भक्तजनको भीड बुधवार बिहानसम्म पनि कायम रहेको थियो । बुधवार बिहान ६ बजेपछि भने पशुपति क्षेत्रमा केही मात्रामा भक्तजन घटेको कोषले जानकारी दिएको छ । राति १० बजेपछि पनि पशुपतिनाथ मुख्य क्षेत्र प्रवेश गर्ने बाहिरी ढोकासम्म भक्तजन लाइनमा बसेको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए । विगत वर्षमा राति १० बजेपछि पशुपतिनाथको मुख्य क्षेत्र प्रवेश गर्ने मूलढोकाभित्र लाइन पुग्ने गरेकाले मूलढोका बन्द गरेर चार प्रहर पूजा समापन गरिन्थ्यो । यो वर्ष भने धेरै भक्तजन राति लाइनमा बसेकाले मूलढोका बन्द नगरिएको उनले बताए । भत्कियो भष्मेश्वरघाट नजिकको वाग्मती पुलको पर्खाल  पशुपतिनाथबाट वाग्मतीपारिको राममन्दिर क्षेत्र जाने पुलको उत्तरतर्फको पर्खाल भक्तजनको ठेलमठेलले राति भत्किएको प्रवक्ता अधिकारीले जानकारी दिए ।  भष्मेश्वर घाटतिरको पुलको पर्खाल भत्किँदा दुई भक्तजन वाग्मती नदीमा खसेका थिए । खसेकामध्ये एक जना काठमाडौं मेडिकल कलेजमा उपचारपछि घर फर्किएका छन् । एक जना घाइते उपचाररत छन् । उनको स्वास्थ्य स्थिति सामान्य छ । पशुपतिनाथ मन्दिरमा मंगलवार बिहान ३ बजेदेखि नै भक्तजनको भीड लागेको थियो । भक्तजनको मागअनुसार बिहान ३ बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारवटै ढोका खोलिएको थियो । पशुपति क्षेत्रमा मंगलवार बिहानदेखि लागेको भीड बुधवार बिहानसम्म पनि उत्तिकै रहेको कोषका सदस्यसचिव डा मिलनकुमार थापाले जानकारी दिए ।  महाशिवरात्रिमा विशेषगरी बेलुकीदेखि भोलिपल्ट बिहानसम्म नै भक्तजनको भीड लाग्ने गर्छ । बिजुली बत्तीको झिलीमिलीले पशुपति क्षेत्रलाई आकर्षक बनाएको थियो । रात्रिमा पशुपतिनाथमा विधिपूर्वक चार प्रहरको पूजा गरिने भएकाले भक्तजनको भीड लाग्ने गरेको हो । करीब १० लाखले गरे पशुपतिनाथको दर्शन बिजुली बत्तीको आकर्षण हेर्न बेलुकी भक्तजन ओइरिएका थिए । महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मूल मन्दिरमा विधिपूर्वक चार प्रहर पूजा गरिएको छ । पशुपतिनाथ मूल मन्दिर प्रवेश गरी करीब १० लाख भक्तजनले दर्शन गरेको कोषले जानकारी दिएको छ । पशुपति क्षेत्रमा बिहान र दिउँसोभन्दा राति धेरै भक्तजन आएको गुर्जो अभियानकर्मी कमलबहादुर राजलवटले जानकारी दिए । राजलवटले महाशिवरात्रिका अवसरमा बिहानदेखि रातिसम्म गुर्जोलगायत ६० प्रकारका जडीबुटीबाट बनेको चिया भक्तजनलाई खुवाउनुभएको थिए । गुर्जोलगायत जडीबुटीबाट बनेको चिया र धुलोका पोका पनि भक्तजनलाई निःशुल्क वितरण गरिएको उनले बताए । रासस